• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

Ramsharan Nepali by Ramsharan Nepali
February 9, 2026
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पोखरा माघ २५ l आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्।

सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् ।

संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २को सचिवालयले जनाएको छ ।

कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए।

संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।

Previous Post

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन
खेलकुद

आयोजक राईजिङ्ग स्टार बन्यो वडास्तरीय भलिवलको च्याम्पीयन

लेखनाथमा ५ कि मी दौड
खेलकुद

लेखनाथमा ५ कि मी दौड

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला
शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?