काठमाडौं । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि युभेन्ट्सले इटालियन सिरी ए मा एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १/१ को बराबरी खेलेको हो ।
फेडेरिको चिएसाले २९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पहिले अग्रता दिलाएका थिए । ५७औं मिनेटमा रेमो फ्रउलरले एटलान्टाको लागि बराबरी गोल फर्काए ।
६१औं मिनेटमा युभेन्ट्सले अग्रता लिने अवसर पाएको थियो । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । एटलान्टाका हान्स हाटेबोरले युभेन्ट्सका फेडेरिको चिएसालाई फाउल गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । तर रोनाल्डोको प्रहार एटलान्टाका गोलकिपर पेरलुइगी गोलिनीले बचाए ।
बराबरीपछि १२ खेलबाट २४ अंकसहित युभेन्ट्स तेस्रो स्थानमै यथावत छ । ११ खेलबाट १८अंक रहेको एटलान्टा आठौं स्थानमा छ ।
Discussion about this post