फिरफिरे । तनहुँको शुक्लागण्डकी नगरपालिका वाड नं. १२ रातामाटा स्थित अगमसिंह वि.क.को बाख्राको खोरबाट २ वटा खसी हारएको र एउटा माउ बाख्रालाई खोरमै मारिएको अवस्थामा फेला परेको छ । प्रहरीको अनुसन्धानले उक्त घटनाको बन्यजन्तुको आक्रमण बाट हुन सक्ने बताएको वाड नं. १२ का वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।
वडाको रातामाटा क्षेत्रलाई वडाले केही महिनाभित्र बाख्रा पालन पकेट क्षेत्र घोषण गर्ने तयारीमा रहेको छ । यस समय बिचमै यो घटनाले किसानको भावनामा चोट पुग्न गएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
वडाध्यक्ष गुरुङले घटना पश्चात प्रहरीको अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको बताउनुभयो । “चोरि भएको हो भने चोर पत्ता लाग्छ ।”गुरुङले भन्नुभयो “यदि बन्यजन्तुको आक्रमण बाट हो भने वन कार्यालय संग समन्वय गरेर क्षेतिपूति रकम प्रदान गरिन्छ ।” घटनाको बिषयमा प्रहरिले थप अनुसन्धान गरिरहेको उहाँले बताउनु भएको छ ।
स्थिानिय व्यक्तिहरुका अनुसार अज्ञात समुहका व्यक्तिहरुले घटना घटाएको हुन सक्ने बताएका छन् । बिहिबार रातको करिब १/२ बजे समयतिर उक्त घटना घटेको त्यँहाका स्थानीय भक्त बहादुर वि.क.ले जानकारी दिनुभयो ।
Discussion about this post