आबुँखैरेनि । तनहुँको आबुँखैरेनि माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई अभियान श्रेष्ठद्धारा सुइटर वितरण गरेका छन् ।
जाडो मौसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ६० हजार रुपैंया बराबरको सुइटर वितरण गरेका विद्यालयका प्र.अ.प्रेमप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोबाट बच्नका लागि सुईटर वितरण गरेका हुन ।श्रेष्ठले विद्यालयमै पुगेर बुधबार १ सय १४ जना विद्यार्थीलाई सुइटर वितरण गरेका हुन् ।
Discussion about this post