पोखरा । यस बर्षको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिदे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राष्ट्रिय खेलकुद प्रतियोगिताले छिट्टै निर्णय गरेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।
Discussion about this post