काठमाडौं । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० तिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठ मिस वल्र्ड २०२० बन्न सफल हुनुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार श्रेष्ठ मिस वल्र्ड २०२० बन्नुभएको हो ।
शिक्षण पेशामा समेत आबद्ध रहेका श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ । भनेर सोधिएको थियो ।
होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको उक्त कार्यक्रम सफल रुपले सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियालाई, “मिस नेपाल अर्थ” को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले जित्नुभएको छ ।
Discussion about this post