दुलेगौडा । जेष्ठ नागरिक सञ्जाल शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष बाबुराम बस्नेतको निधन भएको छ । नागरिक समाज शुक्लागण्डकीका सचिव समेत रहनुभएका बस्नेतको ७१ बर्षको उमेरमा शनिबार साँझ उहाँकै निवासमा निधन भएको हो ।
हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शनिबार विहान हिन्दु पराम्परा अनुसार बस्नेतको अन्त्यष्टी गरिएको छ ।
३६ बर्ष शैक्षिक क्षेत्रमा क्रियाशिल रहनुभएका बस्नेतको निधनप्रति दुख ब्यक्त गर्दै नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेकपाका नेताहरु खुमबहादुर विक राजु, पुरुषोत्तम भण्डारी, शिक्षक सहकर्मी/शिष्य बोधराज ढकाल लगायतले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन् । उहाँको श्रीमती सहित दुई छोरा र तीन छोरी छन् ।
Discussion about this post