काठमाण्डाै- गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न सरकारले निर्देशन जारी गरेको छ । योजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई तोकिएको समयभित्र गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।
शनिबार मन्त्री भट्टराईले आयोजनाको स्थलगत निरिक्षण गर्नुभएको थियो । निरिक्षण पश्चात २५ दिनसम्ममा आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले आफुलाई आयोजनाको नतिजा आउनुपर्ने बताउनुभयो ।
निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने उहाँले बताउनुभयो । विगतमा पछि परेको आयोजना सम्पन्न हुन लागेको हुदाँ विभिन्न कारणबस स्थगित नहुने बताउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो,“सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।”
Discussion about this post