तनहुँ । भिमाद नगरपालिकाका विभिन्न सम्भावित पर्यटकीय स्थलहरुको पहिचान गरि विकास गर्ने योजनाहरु अगाडी बढी रहेका छन् । नगरपालिकाको वडा न ७ का विभिन्न स्थानबाट प्याराग्याइडिङ्ग उडानका लागि परिक्षण उडान गरिएको छ । वडाका फरक फरक स्थानमा उडान परिक्षण गरिएता पनि विहिबार पोखरीछाप स्थित विरथुङ्ग डाँडाबाट सफल परिक्षण उडान भएको छ ।
वडाको सम्भाब्यता पहिचान गरि पर्यटकीय रुपमा विकास गर्न प्याराग्लाइडिङको परिक्षण उडान गरिएको वडाध्यक्ष सुर्यकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले अब प्याराग्लाइडिङ ब्यवसायिक रुपमा उडान गर्नका लागि प्रकृया सुरु हुने जानकारी दिनुभयो । “विरथुङडाँडाबाट डेनमार्कमा ल्याण्ड हुने गरि सफल परिक्षण भएको छ” उहाँले भन्नुभयो ।
प्याराग्लाइडिङ उडानका लागि वडालाई नेपाल हवाई खेलकुद सस्था (ना)ले प्राविधिक सहयोग गरेको थियो । वडामा पर्यटकलाई आकर्षित गर्न नेवार समुदायको सस्कृति सहितको घरबास कार्यक्रम समेत राङ्गरुङ्गमा सञ्चालन गरिएको छ ।
Discussion about this post