हरि खरेल/दमौली । तनहुँको आबँुखैरेनि गाउँपालिका ५ छेउसिङ स्थ्ति ३९ बर्षीय चन्द्र बहादुर गुरुङको घरमा आगोलागि भएको छ । आगोलागि बाट गुरुङको घरमा करीब ७ लाख ५० हजार बराबरकको क्षेति भएको प्रहरीले जनाएको छ ।
ढुङगा माटोले बनेको दुइ तले खरको छानो भएको घरमा शुक्रबार बेलुकाको समयमा आगोलागि भएको हो । आगोलागिबाट मानविय र पशु चौपायहरुमा क्षेति नभए पनि आर्थिक रुपमा भने धेरै मात्रमा क्षेति भएको प्रहरीले जनाएको छ ।
आगोलागि पश्चात प्रहरी घटनास्थिलमा पुगेर स्थिानियहरुको साथमा आगो नियन्त्रण गरेको थियो । आगोलागिबाट १ तोला सुन, नगद रु.४० हजार र अन्नपात ,लत्ताकपडा, भाडा गरी रु.७ लाख ५० हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post