चिनको चुङ्चिङमा रहेको कोइलाखानीमा बिषलु ग्यास कार्बन मनोक्साइड चुहिदा १८ जना कामदारको निधन भएको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ ।
खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको छ । हालसम्म उक्त घटनामा परि मृतकको संख्या १८ पुगेको छ । बेपत्ताको खोजि कार्य भईरहेको खबर प्राप्त भएको छ । घटनाको बिषयमा छानबिन सुरु भइसकेको छ ।
Discussion about this post