• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

Lekhnath Khabar by Lekhnath Khabar
March 9, 2025
in अन्तर्राष्ट्रिय, समाचार
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

फागुन २५, स्लोभेनिया –

गैर-आवासीय नेपाली संघ (NRNA) स्लोभेनियाले वीरमान श्रेष्ठको अध्यक्षता नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा गुणाखर गैरे, महासचिवमा इकेश महर्जन, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा गणेश थापा, सह-कोषाध्यक्षमा बद्री ढुंगाना चयन भएका छन् भने सदस्यहरूमा ध्रुव नारायण घिमिरे, बिगेन बस्नेत (कमल बस्नेत) र गीता बस्नेत रहेका छन्।

स्लोभेनियामा बसोबास गर्ने नेपालीहरूको हित र कल्याणको लागि NRNA स्लोभेनिया स्थापित संस्था रहेको छ भने यसको मुख्य उद्देश्य गैर-आवासीय नेपालीहरूलाई एकताबद्ध गरी उनीहरूको सीप, स्रोत र सञ्जाललाई नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउनु र स्लोभेनियामा रहेका नेपालीहरूको अधिकार र कल्याणको संरक्षण गर्नु हो।

NRNA स्लोभेनियाले आफ्नो मुख्य उद्देश्यहरूमा नेपाली डायस्पोरालाई एकताबद्ध गर्नु: विदेशमा रहेका नेपालीहरूबीच एकता र सहयोगको भावना विकास गर्दै विश्वव्यापी सञ्जाल निर्माण गर्नु रहेको छ। त्यस्तै नेपालको विकास प्रवर्द्धन गर्नु: गैर-आवासीय नेपालीहरूलाई लगानी, रेमिट्यान्स, ज्ञान आदानप्रदान र परोपकारमार्फत नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान दिन प्रोत्साहित गर्नु हो ।

गैर-आवासीय नेपालीहरूको अधिकार संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरूको आप्रवासन, श्रम अधिकार र भेदभाव सम्बन्धी मुद्दाहरूमा वकालत गर्दै उनीहरूको अधिकार, कल्याण र हितको संरक्षण गर्नु रहेको छ। त्यस्तै सांस्कृतिक संरक्षण गर्दै नेपाली डायस्पोरामा नेपाली संस्कृति, भाषा र परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्नु हो। संकट व्यवस्थापनमा सहयोग गर्दै नेपाल र विदेशमा प्राकृतिक प्रकोप, महामारी वा राजनीतिक अस्थिरता जस्ता संकटको समयमा नेपालीहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।

NRNA स्लोभेनियाले स्लोभेनियामा रहेका नेपालीहरूको हितमा कार्य गर्दै आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको नवनिर्वाचित अध्यक्ष वीरमान श्रेष्ठले जानकारी दिनुभयो।

 

Previous Post

सिद्धिविनायक बोर्डिङ स्कूलको ३७ औ वार्षिकोत्सव सम्पन्न

Next Post

अन्ततः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
अन्ततः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगर

अन्ततः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?