फागुन २५, लेखनाथ –
पोखरा २९ भण्डारढिकमा रहेको सिद्धिविनायक बोर्डिङ स्कूलले आफ्नो ३७ औ वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण एवम विविध साँस्कृतिक कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।
ज्यो चिन्तामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले ३७ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदै शिक्षामा प्रबिधिको प्रयोग गरेमा शैक्षिक गुणस्तर बढ्ने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, संस्थापक निर्देशक ज्ञानेन्द्रमोहन भट्टराईले संयुक्त रुपमा शैक्षिक पुरस्कार वितरण तथा उत्कृष्ट बिद्यार्थी तथा शिक्षक कर्मचारीलाई सम्मान समेत गरेका थिए ।
सम्मानित हुनेमा विद्यालयमा लामो समय देखि सेवारत शिक्षक राजन तिवारी, प्रिती गुरुङ, प्रमिला रेग्मी, आविश्कार गुरुङ, बिनु गहतराज, सम्मानित भए । त्यस्तै कर्मचारी तर्फ अन्जना भुजेल, सरस्वती भुजेल, देउबहादुर विक र खेमबहादुर कुमाललाई सम्मान गरिएको थियो। खेलकुद तथा अतिरिक्त क्रियाकलापको पुरस्कार यस अघि श्रीपञ्चमीको दिनमा वितरण गरिसकिएको छ ।
कार्यक्रममा हिसान कास्कीका निर्वतमान अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपाल कास्कीका महासचिव रोशन कोईराला, अभिभावक सुजा गुरुङ,क्या महेन्द्र घर्तिमगरले शुभकामना मन्तव्य राखेका थिए । बिद्यार्थीले प्रस्तुत गरेको सचेतनामुलक नाटक प्रदर्शनी, तथा ब्याण्ड प्रस्तुति नृत्य तथा साँस्कृतिक कार्यक्रमले थप आकर्षण बनेको थियो ।
ब्याण्ड प्रस्तुतिमा शिक्षक संयम खनाल, दिपक परियार बिद्यार्थीहरु ड्यानिल दुलाल, दिव्सन गरबुजा, बसन्त सुनार, शुशिल सुनार, दिपेश सुनार, रिजन लोहनी तथा आयुष सुनारले आआफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा भट्टराई, एन प्याब्सन नेपाल केन्द्रीय सह कोषाध्यक्ष शिवदत्त तिवारी, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी तथा एन प्याब्सन कास्कीका पदाधिकारी तथा सदस्यहरु,एन प्याब्सन पूर्व प्रशासन सचिब कमल बहादुर रानाभाट, पोखरा महानगरपालिका वडा नं २९ का सदस्य निर्मला पौडेल, कालिदास पोखरेल, सुकमाया बिक तथा पूर्व विद्यार्थी र अभिभावकलगायतको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालय संयोजक राजन तिवारी , बिद्यार्थी आयुष्ना गुरुङ र प्रनिशा क्षेत्री स्वागत तथा शैक्षिक संयोजक शिवप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए । करिव ५०० बिद्यार्थी संख्या रहेको बिद्यालयमा ४० शिक्षक कर्मचारी कार्यरत छन् भने कक्षा मन्टेश्वरी देखि कक्षा १० पठनपाठन सञ्चालनमा रहेका छन्।










Discussion about this post