लेखनाथ, २५ फागुन । पोखरा महानगरपालिका वडा नं ३१ वेगनासताल निवासी लामिछाने बन्धुहरुलाई पितृशोक परेको छ ।
कलाकारीताको क्षेत्रमा उदयमान अभिनेता विकास लामिछानेका वुवा सोभाखर लामिछानेको शनिवार ९७ वर्षको उमेरमा निधन भएपछि लामिछाने परिवार शोकमा परेको स्थानिय कृष्णप्रसाद ढुगानाले जानकारी दिएका छन् ।
टेलिचलचित्र देखि नेपाली फिल्ममा अभिनय गर्दै आएका उदयमान अभिनेता विकासका वुवा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको थियो । स्वगीय लामिछानेको शनिवार आफनै निवास पोखरा ३१ स्थीत वेगनासतालमा निधन भएको हो।
स्वर्गीय लामिछानेका चार छोरा भोजराज, भरत, विष्णु र विकास हुनुहुन्छ भने छोरीहरु देवि र नारायणी र श्रीमती ढाका कुमारी लामिछाने एवंम नाती, नातीना, पनाती पनातीहरु रहेका छन् ।
स्वर्गीय लामिछानेको शनिवार नै हिन्दु धर्म सस्कार अनुसार सेती नदि घाटमा श्रद्धाञ्जली सहित दाहसंस्कार गरिएको हो ।







Discussion about this post