पोखरा, २५ फागुन । कँडेल समाज कास्कीको अध्यक्षमा शुक्रराज कँडेल चयन भएका छन । समाजको हालै सम्पन्न दोश्रो अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा माधवप्रसाद कँडेल, सचिवमा अनन्त कँडेल, कोषाध्यक्षमा निरा कँडेल, सदस्यहरुमा डा. भानु कँडेल, पुर्णद्धिप कँडेल, खिमलाल कँडेल, टिकाराम कँडेल र फणिन्द्र कँडेल रहेका छन ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.३१ का वडाध्यक्ष ढकनाथ कँडेलले सम्पुर्ण नेपाल भर रहेका कँडेल बन्धुहरुको हकहित र भलाईका लागी संस्था क्रियाशिल रहने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिहरु भनश्याम कँडेल, पुरुषेत्तम कँडेल, प्रजानाथ कँडेल, तिलक प्रसाद कँडेल, ससिबरा कँडेल, रामहरि कँडेल, कँडेल समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद कँडेल, सचिव डा. श्रीप्रसाद कँडेल, भारद्धज आश्रम गैंडाकोटका उपाध्यक्ष काशिनाथ कँडेल, संरक्षक रमाकान्त कँडेल, माधवप्रसाद कँडेल, डा. भानु कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष बद्रि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शुक्रराज कँडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सह–सचिव बिरभद्र कँडेलले गरेका थिए ।







Discussion about this post