लेखनाथ, २५ फागुन । पोखरा महानगरपालिका वडा नं २६ निवासी सावित्री भटृराईले जन्मोत्सवमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेकी छन् ।
पछिल्लो समय हाम्रो समाजमा देखासिकीका भरमा पश्चिमेली सभ्यता र संस्कृतिको सिको गर्दै जन्मोत्सवमा होटल तथा रेष्टुरेष्टमा पुगेर गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा लगाउनु पर्छ भन्दै सावित्री भटृराईले जन्मोत्सवका अवसरमा कास्कीमा रहेको सामाजिक संस्था जागरुक नागरिक समाजलाई २५ हजार नगद सहयोग गरेकी हुन् ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था जागरुक नागरिक समाजकी सचिव समेत रहेकी भटृराईले आईतवार एक विशेष कार्यक्रमका विच उक्त रकम संस्थाका अध्यक्ष रामहरि ढुंगाना र कोषाध्यक्ष डिल्लीराम भण्डारी(राजु)लाई हस्तान्तरण गरेकी हुन् ।
जन्मोत्सव तथा विवाह उत्सव लगायत विभिन्न खालका उत्सवमा गरिने खर्चले कुनै अर्थ नराख्ने र खाँदा, पिउँदा मात्र हुने भएकाले समाजका ब्याप्त यस किसिमका प्रचलनलाई न्युनिकरण गराउने उदेश्यले आफुले जागरुक नागरिक समाजलाई सहयोग गरेको भटृराईको भनाई रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामहरि ढुंगाना, उपाध्यक्ष जगन्नाथ तिमिल्सेना, जागरुक नागरिक समाज पोखरा–२८ का अध्यक्ष सरोज भण्डारी र वडा नं ३० का अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले जन्मोत्सवमा गरिने रकमलाई सामाजिक क्षेत्रमा लगाउन सक्ने हो भने त्यसले सकरात्मक सन्देश जाने बताएका थिए ।







Discussion about this post