• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आरुपाटा अर्धनारेश्वर धाम पैदल मार्गको उद्घाटन

Ramsharan Nepali by Ramsharan Nepali
March 9, 2025
in समाचार, स्थानीय
0
0
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ फागुन ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित आरुपाटा अर्धनारेश्वर धाम पैदल मार्गको शनिबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं.२८ को ७ लाख रुपैंया र स्थानिय जनसहभागितामा २६३ मिटर लामो पैदल मार्ग हालै निर्माण सम्पन्न भएको हो ।

चुत्रकोटमा नेपालकै ठूलो अर्धनारेश्वर महादेवको मूर्ति स्थापना गरि धामको रुपमा विकास गर्ने गुरुयोजना बनेको र उक्त धामसम्म आवत जावतमा सहज होओस भन्ने उद्धेश्यले निर्माण गरिएको सिंढि र केही रेलिङ सहितको पैदल मार्गको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले उद्घाटन गरेका हुन ।

पैदल मार्गको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र नयाँ पर्यटकीय गन्तव्य निर्माण कार्यमा वडा लागिरहेको र अन्य छिमेकी वडाहरुसँग पनि समन्वय गरिरहेको वताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरे । उनले पर्यटनका पूर्वाधार निर्माणले यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्नुका साथै धार्मिको पर्यटकिय क्षेत्रको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

यस्तै वडा सदस्य डाल्डादेवी भुजेलले ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै यो ठाउँ विगतदेखी नै पर्यटकिय क्षेत्रको रुपमा चिनिदैं आएको र उचित प्रचार प्रसार र योजनाको अभावमा पर्यटकिय गतिविधि हुन नसकेको वताउँदै यसक्षेत्रलाई धामको रुपमा विकास गर्न सकेदेखी पर्यटन विकासमा टेवा पुग्ने वताएकी थिईन ।

समाजसेवी एवं व्यवसायी सुबोध त्रिपाठीले गुरुयोजना अनुसारको निर्माणको लागी सबै पक्षले सकारात्मक भुमिका खेल्नुपर्ने वताउँदै यसको विकासको लागी पदमार्गको हिस्साको रुपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धित्तीय उपाध्यक्ष विक्रम कर्माचार्यले लेखनाथ क्षेत्रको विकासमा संघले विगतदेखी नै उल्लेखनीय योगदान गर्दै आएको वताउँदै आफ्ना योजनाहरु सहित संघलाई घच्घच्याउन स्थानियहरुलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा पैदल मार्ग निर्माण समितिका अध्यक्ष शम्भुराम पाण्डेले प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको र विगतमा विदेशी पर्यटकहरुको प्रशस्त चहलपहल हुने ठाउँ अहिले शुन्य भएको अवस्थामा यसलाई पुनः पर्यटकिय स्थानको रुपमा प्रचार प्रसार र विकास गराउन सबै लागिपर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका निवर्तमान उपाध्यक्ष रामप्रसाद तिम्सिना, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, अर्धनारेश्वर धाम तथा तथा वन उपभोक्ता समितिका संस्थापक सचिव रामकृष्ण त्रिपाठी, ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख श्रवणकुमार वि.क., हाम्रो आरुपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारी लगायतले बोलेका थिए ।

नेचुरल नेपाल होम स्टेमा आयोजित कार्यक्रममा आरुपाटा सम्मृद्धि अभियानका बुद्धिराम पाण्डेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पैदल मार्ग निर्माण समितिका उपाध्यक्ष पुष्पराज त्रिपाठीले गरेका थिए ।

प्राचिन समयमा बाईसे चौविसे राजाले शासन गरेको ऐतिहासिक महत्व बोकेको चुत्रकोटमा १ सय ८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गर्न गुरुयोजना तयार भैसकेको छ । अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दीपक तिमिल्सेनाले तयार पारिएको डिपिआर यस अघि नै वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरिसकेका छन ।

सो क्षेत्रमा मूर्ति निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्यू पोइन्ट, दुरा जातिको संग्रहालय निर्माणका साथै सो क्षेत्रको सौन्दर्यकरण डिपिआरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
परियोजना निर्माण भएर सञ्चालनमा आएमा समग्र वडा नम्बर २८ मा पर्यटक आगमनमा वृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।

वडाको धार्मिक तथा पर्यटन विकासका लागि तिलकशाली अधिकारीको संयोजकत्वमा अर्धनारेश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । उक्त स्थानबाट उत्तरतर्फ लहरै लागेका हिमशृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ भने कास्कीका सातवटै तालहरु समेत एकै ठाउँबाट देख्न सकिन्छ ।

सामुदायिक वनभित्र निर्मित संरचना पनि समुदायकै सम्पत्ति हुने भएकाले यस्लाई स्थानीय सहभागितामा वनाउन लागिएको परियोजनाका परिकल्पनाकार दीपक तिमिल्सेनाले बताए । अर्धनारीश्वर महादेवको मन्दिरमा गएर विवाहित दम्पतीले दर्शन गरेमा उनीहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Previous Post

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

Next Post

जन्मोत्सवमा गरिने खर्च सामाजिक कार्यमा सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जन्मोत्सवमा गरिने खर्च सामाजिक कार्यमा सहयोग

जन्मोत्सवमा गरिने खर्च सामाजिक कार्यमा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?