कतार, २३ फागुन
कास्की आदर्श समाज कतारको आयोजनामा रमाइलो बनभोज बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
‘कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्थाले शुक्रबार कतारको सहानिया स्थित अलदोसरी पार्कमा विभिन्न सास्कृतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कास्की आदर्श समाजले प्रवासमा नेपालको कला र संस्कृतिको सरक्षण गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।एनआरएनए कतारले पनि प्रवास रहेर श्रमिक मुखी कार्यक्रम संगै नेपाली कला र संस्कृतिको संरक्षण गर्दे आएको बताए ।
मुसलमानले पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ताले अन्जानमा वा हेलचक्राईले कानुन बिपरितका गतिविधि गर्ने गरेको भन्दै कतारको कानुनलाई सम्मान गर्न आग्रह गरे ।उनले एनआरएनए कतारले सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरि जनचेतना मुलक कार्यक्रम गर्दै जाने बताए ।
कार्यक्रममा कास्की आदर्श समाज कतारका संरक्षक बिमल सुवेदी, सल्लाहकार प्रकाश विश्वकर्मा, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशिल मञ्च कतारका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे, नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले शुभकामना राखेका थिए ।त्यसैगरी नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिमवक्स मिया, नेपाली महिला समाज कतारका वरिष्ठ उपाध्यक्ष माया केसी, दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, समाजसेवी क्रान्ति सिंह, पर्वत समाज कतारका अध्यक्ष श्याम न्यौपाने, गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, स्याङ्जा सहयोग समाजका प्रथम उपाध्यक्ष सुर्य अर्याल लगायतले पनि शुभकामना मन्तव्य र राखेका थिए ।
समाजले सँस्थामा नयाँ आजिवन सदस्यता लिनुहुने कस्केलीहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र बितरण गर्नुका साथै उहाँहरुलाई स्वागत पनि गरिएको थियो । भने भर्खरै मात्र सम्पन्न भएको कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको तेश्रो महाधिवेशन बाट कतार देखि निर्वाचित हुनु भएका व्यक्तित्वहरु लगायत सँस्थामा आबद्ध भई कतारमा रहेका अन्य संघ सस्था गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार ,गण्डकी प्रदेश समन्वय परिषद कतार , तमु समाज कतार , तमु प्ये ल्हु संघ शाखा कतार लगायतका संघ सस्थामा विभिन्न पदहरुमा निर्वचित तथा मनोनित हुनुहुने व्यक्तित्व हरुलाई बधाई तथा शुभकामना पत्र र खादा ओडायर सम्मान गरिएको थियो ।
संस्थालाई विभिन्न समयमा सहयोग गर्नु हुने व्यक्तित्व हरुलाई कदर पत्र र दोशल्ला ओडायर सम्मान गरियको थियो।
कार्यक्रमलाई संगीतमय बनाउनको लागि फेवा साँस्कृतिक परिवार कतारका संयोजक तथा उपाध्यक्ष प्रेमलाल अधिकारीको संयोजनमा फेवा साँस्कृतिक परिवार , तमु सांस्कृतिक परिवार , नेपाल मगर संघ शाखा कतारका साँस्कृतिक बिभाग,हाम्रो सपना संगीतका कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रमको माहोल संगितमय भएको थियो।कार्यक्रम सफल पार्ने कलाकार हरुलाई प्रशंसा पत्रले सम्मान गरियको थियो।
कास्की आदर्श समाज कतारका अध्यक्ष बिक्की बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सस्थाका वरिष्ठ उपाध्यक्ष अग्निधर देवकोटाले गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव अमृत बिश्वकर्मा र सह (सचिब सन्तोष तिमिल्सिनाले गरेका थिय र
Discussion about this post