• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि ७ गतेसम्म हुने

Lekhnath Khabar by Lekhnath Khabar
March 6, 2022
in खेलकुद, समाचार
0
सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि ७ गतेसम्म हुने

सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि ७ गतेसम्म हुने

0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ फागुन
पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले आइतबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । ‘खेलकुदको जग भनेको विद्यालय हो, त्यसैले भलिबलको जग (बेस) बलियो बनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौं’–उनले भने । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्धत पुग्ने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए । ‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ’–उनले भने । मध्यम र न्यून स्तरका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई भलिबल खेल्न प्रोत्साहित गर्दै भविष्यमा राष्ट्रिय÷अन्र्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सघाउने आफुहरुको उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए ।

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताका लागि चैत २ गते पूर्वाह्न ११ बजेसम्म नाम दर्ता गराउन सकिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

Previous Post

जनप्रिय माविमा संगठित बन्दै पूर्व विद्यार्थी

Next Post

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?