पोखरा, २३ फागुन । पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको फोटोग्राफी तथा लाइटरुम तालिम सकिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा ३८ जना सहभागी भएका थिए । तालिममा पोखरा क्षेत्रमा फोटो व्यवसाय गरिरहेकाहरुको उल्लेखनीय उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारी दिए ।
फोटो ग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले फोटो व्यवसायीलाई एकजुट गराउँदै प्रविधिमैत्री ढंगले अघि बढाउन र व्यवसायीको कार्यक्षमता बढाउन संघले गरेका यस्ता तालिम प्रभावकारी हुने
उल्लेख गरे ।
पेसागत सीप वृद्धिलाई नयाँ आधुनिक प्रविधिसँगै लैजान यस्ता तालिमको आवश्यकता औल्याउँदै निवर्तमान अध्यक्ष रविनाथ दाहालले प्रविधिमार्फत समयानुकूल परिमार्जन गर्न सकिने बताए ।
संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेलले स्वागत र सचिव बिसुराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Discussion about this post