• Login
Lekhnath Khabar
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
March 8, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
601
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट
लेखनाथ, फागुन २४ ।
लेखनाथका बजार तथा गाउँका सडक किनार तथा बिजुलीका पोलहरुमा पहेँलो कपडामा रातो रंगले “लेखनाथ महोत्सव“ लेखेको देखेपछी महोत्सव सुरु हुँदैछ भनेर सहजै अनुमान गर्न सकिन्थ्यो। किनकी त्यो बिल्कुलै नयाँ र फरक शैलिको प्रचार शैली थियो र आज सम्म पनि निरन्तर नै रहेको छ।

लेखनाथ उद्योग वाणिज्य संघले बि सं २०५८ सालमा सुन्तला प्रदर्शनी शुरु गरेर महोत्सवको सुरुवात गरेको थियो। बि सं २०६० साल देखि लेखनाथ १ भण्डारढिकमा लेखनाथ महोत्सवको आयोजना गर्दै त्यसलाई निरन्तरता दिदैं १७ औं संस्करण सम्म आईपुगेको छ।

तत्कालिन महोत्सवहरुको प्रचार प्रसार गर्न माईकिङ्ग पर्चा तथा कपडामा लेखेर बनाउने चलन हुन्थ्यो। संघले प्रचार प्रसार शैली परिवर्तन संगै पहेँलो व्यानरको शुरूवात भने बि सं २०६२ साल देखि गरेको हो। त्यस समय अघि निलो व्यानरमा सेतो तथा रातो व्यानरमा सेतो रंगको प्रयोग गरेर प्रचार प्रसार गरिन्थ्यो ।

संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी भन्छन् – त्यो बेला कर्माचार्य ग्रुपको कोसेली तेल निकै चर्चित थियो, उसको पहेँलो रंगको व्यानर बाट उत्प्रेरित हुँदै लेखनाथ महोत्सवले सैनिक आर्ट्स बाट पहेँलो ब्यानरमा स्क्रिन प्रिन्टको माध्यमबाट प्रचार प्रसार शुरु गरेको हो । आजको मिति सम्म आईपुग्दा पोखरा लगायत देशका अन्य मेला महोत्सवहरुले उक्त प्रचार शैली अपनाएको त्रिपाठी वताउँछन ।

स्थानीय सुवर्ण आचार्य भन्छन केही बर्ष पहिले हातमा फोन अनि ईन्टरनेटको सुबिधा थिएन, नजिकै भएपनी मेला महोत्सव बारे जानकारी लिन रेडियो सुन्ने तथा पत्रपत्रिका हेर्नुपर्दथ्यो, त्यो सबैको पहुँचमा थिएन। सामान्यतया मुख्य चाडवाड सकेपछी महोत्सवहरुको सिजन हुन्थ्यो। हामीले महोत्सव हुँदैछ भनेर त्यो पहेँलो कपडामा रातो अक्षरले लेखेको ब्यानर टाँगिएको देखेर सजिलै ठम्याउन सक्थ्यौं ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन बिकास र समृद्धि“ भन्ने नाराका साथ १७ औं संस्करणको लेखनाथ महोत्सव यहि फागुन २६ गते देखि शुरु हुँदैछ । कोरोना महामारीले स्थागित भएको महोत्सव लाई समय अनुकुल भए संगै संचालन गर्न लागिएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।

Previous Post

फोटोग्राफी तथा लाइटरुम तालिम सम्पन्न

Next Post

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट ।
अर्थ खबर

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट ।

अपुरा काम गर्न फेरी आएको छु : पुर्ण कुमार गुरुङ्ग
राजनीति

अपुरा काम पुर्ण गर्ने गठबन्धन उम्मेद्वार पुर्णको प्रतिज्ञा

अपुरा काम गर्न फेरी आएको छु : पुर्ण कुमार गुरुङ्ग
राजनीति

अपुरा काम गर्न फेरी आएको छु : पुर्ण कुमार गुरुङ्ग

वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ: धनराज आचार्य
राजनीति

वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ: धनराज आचार्य

“वेगनासताल प्रवर्द्धन” हाम्रो लक्ष्य हो – वडा अध्यक्ष उम्मेदवार कंडेल
राजनीति

“वेगनासताल प्रवर्द्धन” हाम्रो लक्ष्य हो – वडा अध्यक्ष उम्मेदवार कंडेल

Next Post
लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

© 2021 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2021 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?