• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

Ramsharan Nepali by Ramsharan Nepali
March 8, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
फागुन २४, लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन २६ गतेबाट चैत्र ७ गतेसम्म कास्कीको लेखनाथमा हुने १७ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवको प्रचार प्रसार, स्टल बुकिङ्ग, स्टल निर्माण, महोत्सवस्थलको व्यवस्थापन लगायत गरी ९५ प्रतिशत तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।

नेपाल इको प्यानलको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सह–प्रायोजन रहने महोत्सवको मुख्य उद्देश्य कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने रहेको संघका अधयक्ष एवं महोत्सवका मुल संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

‘औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य हो,’ उनले भने ।

महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा÷महिला समूहहरुको आफ्नो झाँकी र्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट र डिजेको प्रस्तुती लगायतका कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको संघका द्धित्तीय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा महोत्सव गर्न लागिएको हो ।

करिब ३०० स्टल रहने यस महोत्सवमा करिब २ लाख पचास हजार दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९० लाख खर्च भई रु १५ लाख बचत हुने अनुमान गरिएको छ ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ ।

यस अगाडि माघ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव कोरोना महामारीको कारण देखाउँदै प्रशाासनले रोक लगाएपछि स्थगित भएको थियो ।

Previous Post

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Next Post

१७ औं लेखनाथ महोत्सव शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
अर्थ खबर

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

Next Post
१७ औं लेखनाथ महोत्सव शुरु

१७ औं लेखनाथ महोत्सव शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?