• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१७ औं लेखनाथ महोत्सव शुरु

उत्पादनमुखी अर्थतन्त्रमा मन्त्री शर्माको जोड

Ramsharan Nepali by Ramsharan Nepali
March 10, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
159
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली

फागुन २६, लेखनाथ ।

अर्थ मन्त्रि जनार्दन शर्माले उत्पादन मुखी अर्थतन्त्र हुनुपर्नेमा जोड दिएका छन । विहिबारबाट कास्कीको लेखनाथमा शुरु भएको १७ औं लेखनाथ महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले कोरोनाले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले उत्पादनमा वृद्धि गर्नुपर्ने वताएका हुन । मन्त्री शर्माले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको अभिन्न अंगको रुपमा लिएको वताउँदै उद्योगी व्यवसायीहरुका लागी हरुलाई पूर्नकर्जाको  समेत व्यवस्था गरेको जानकारी दिए ।

कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्नका लागी मन्त्री शर्माले कृषकहरुलाई अनुदान नभइ प्रोत्साहन दिइने व्यवस्था गरिनुपर्ने वताएका थिए । कृषि सगै पर्यटन विस्तार र जलविद्युत खपतमा सरकारले ध्यान दिएको बताउँदै विकासका पूर्वाधारमा सरकार प्रतिबद्ध रहेको पनि मन्त्रि शर्माले सो अवसरमा बताएका थिए । बैंकमा व्याजदर बढेकोमा दुःख व्यक्त गर्दै विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेर नितिगत निर्णय गर्ने बताउँदै पोखरा र काठमाण्डौलाई छोटोदुरीमा जोड्ने सम्भावना तिर आफू लागि परेको पनि बताए ।

१७ औं लेखनाथ महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री जर्नादन शर्मा साथमा लेउवा संघका अध्यक्ष छत्रधर आत्रेय : तस्विर जनक तिवारी/लेखनाथ खबर

यसै गरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्र राज शर्माले उद्योग वाणिज्य संघले व्यक्ति केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । त्यस्तै नेपाल उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाली कांग्रेस कास्की सभापति किशोर दत्त बराल, नेकपा माओवादी केन्द्र कस्कीका अध्यक्ष बखान सिंह तमु, नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारी, पूर्व मन्त्रि यज्ञ बहादुर थापा, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बासुराज पोख्रेल, महोत्सवका मूख्य प्रायोजक इको प्यानलका तर्फबाट सुवोध त्रिपाठी, पूर्व गृह मन्त्रि खगराज अधिकारी, संघका उप महासचिव जानुका पराजुली लगाएतले लेखनाथ उद्योग वाणिज्य संघमा देखिएका विभिन्न जात जाति, समुदाय , आमा समूहको झाँकी र्यालीको प्रस्तुतिले विकास निर्माणमा समग्र राजिनिति दलहरु एक जुट भएर लाग्नुपर्ने सन्देश दिएको बताए ।

यसै गरी कार्यक्रममा लेखनाथ महोत्सवका मुलसमारोहका अध्यक्ष क्षत्रधर आत्रेयले  आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताउदै कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने आत्रेयले बताए।

महोत्सवको पनि महोत्सका रुपमा परिचित १७ औं लेखनाथ महोत्स उद्घाटनको पूर्व स्थानीय  संघ संस्था, टोल विकास संस्था, जात–जाति जनजाति , आमा समुहरुको झाँकी र्याली तथा भेषभुषा प्रदर्शन समेत गरिएको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र राज (राजु) सुवेदी गरेका थिए ।

१७ औं लेखनाथ महोत्सवको उद्घाटन समारोह : तस्विर – जनक तिवारी/लेखनाथ खबर

महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवा लक्षित लाइभ म्युजिक कन्सर्ट र डिजेको प्रस्तुती लगायतका कार्यक्रम पनि महोत्सवमा हुने प्रचार प्रसार उपसमितिका संयोजक गोपी बाँस्तोलाले बताए ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ । महोत्सव आगामी चैत्र ७ गते सम्म पोखरा–२७ को तालचोकमा  चल्ने छ ।

Previous Post

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

Next Post

डायमण्डमा प्रतिभा खोज कार्यक्रम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
डायमण्डमा प्रतिभा खोज कार्यक्रम

डायमण्डमा प्रतिभा खोज कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?