न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
न्युजिल्याण्ड, १३ फागुन
सुमन जिसी
न्युजिल्याण्डको लागी अति जरुरी रहेकाे नेपाली दुतावास स्थापनाको लागी गैर-आवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त मागकाे ज्ञापनपत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन ज्ञापन पत्र सहित अनुरोध गरिएको छ ।
सम्माननीय प्रधानमन्त्री ज्यू लगायत सबै उच्चपदस्थ राजनीतिक दलका नेताहरु दुतावास स्थापनाका लागि सकारात्मक रहेको गैर-अवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल के सी ले बताउनुभयो छ ।
अध्यक्ष केसीले यस कार्यमा सहयोग गर्नुहुने गैर-आवासीय नेपाली संघका पूर्व केन्द्रिय सदस्य पशुपति भण्डारी, गैर आवसीय नेपाली संघ जापानका पूर्व अध्यक्ष रोषन केसी, गैर आवासीय नेपाली संघका पुर्व सदस्य डा जीवन बानिँया, गैर-अवासीय नेपाली संघ न्युजिल्याण्डका सदस्य भवानी पन्त साथै दुतावास स्थापना समितिका सदस्य डा सन्तोष भण्डारी, राजु ढकाल ,भवानी पन्त, अप्रिल अर्याल, बाबुराजा महर्जनलाई धन्यवाद दिनुभएकाे छ ।
Discussion about this post