• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लेकसिटि ऐकेडेमी एण्ड मन्टेश्वरीको १२ औं वार्षिकोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
February 27, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ फागुन । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको लेकसिटि ऐकेडेमी एण्ड मन्टेश्वरीले विविध कार्यक्रमका साथ आफ्नो १२ औं वार्षिकोत्सव एवंम अभिभावक दिवस मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा नरेनले पछिल्ला दिनहरुका शिक्षाका नाममा विदेशीने प्रवृति वढेर गएको भन्दै यसलाई रोक्न मण्टेश्वर ितहबाटै व्यवहारीक एवं उपयुक्त शिक्षा दिनुपर्ने वताएका छन ।

उनले मण्टेश्वरीका गतिविधिलाई वडाले नियालीरहेको र व्यक्तिगत एवं वडाको तर्फबाट सम्पुर्ण साथ सहयोग र सर्मथन रहने वताउँदै कुनै समस्या आईपरेको खण्डमा वडाको शिक्षा समितिसँग समन्वय गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा पोखरा विश्व विद्यालयकी सभासद गंगा खनालले बालबालिकाहरु अत्यन्तै संवेदनशिल एवं काँचो माटोजस्तै हुने भएकाले जस्तो शिक्षा दियो सोही अनुरुपको हुने वताईन । उनले आफ्ना बालबालिकाहरुको सिकाई एवं क्रियाकलापहरुको विषयमा अभिभावकहरुले धयान दिनुपर्ने वताएकी थिईन ।

यस्तै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बालमनोविज्ञानलाई बुझेर उनीहरुको रुचि र क्षमतालाई पहिचान गरी शिक्षा दिनुपर्ने त्यसकै जगमा उनीहरुको भविष्य निर्माण हुने वताए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले नीजी लगानीका संस्थागत विद्यालयहरुले राज्यको खरबौं लगानीका विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विभेदकारी नितिको शिकार हुनुपरेको वताएका थिए ।

विद्यालय संचालक समितिका सदस्य चन्द्रप्रकाश ढुगानाले अहिलेका बाबुनानीहरलाई घोकन्ते शिक्षा भन्दा पनि व्यवहारीक र संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा पर्यटन ब्यवसायि टिकाराम सापकोटा, लक्ष्मी आदर्श बहुमुखि क्याम्पसका प्रमुख रामजी लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका अधिकारी, भिजन मन्टेश्वरी टिचर टेड्रिङ सेन्टरका संचालक दुर्गा सिग्देल, सृजना बहिरा मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले निसित निर्माण तहमा सुधारको आवश्यकता रहेको र प्रविधिको सदुपयोग गरि समयअनुकुलको शिक्षा दिनुपर्ने वताएका थिए ।

विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाका बारेमा जानकारी गराउँदै विद्यालयकी प्रिन्सिपल प्रभा कुमारी पौडेलले मण्टेश्वरी शिक्षण पद्धती २१औं शताब्दीको समयानुकुल शिक्षण पद्धती भएको र बालमनोविज्ञानमा आधारीत भई शारीरीक तथा मानसिक तनावविना सिक्ने वातावरण प्रदान गरिने भएकाले संसारभर लोकप्रिय भएको वताईन ।

कार्यक्रममा मण्टेश्वरीदेखी ५ कक्षा सम्मका विद्यार्थीहरुले चेतनामुलक नाटक सहित विभिन्न जातजातीका भेषभुषा, संस्कृति र परम्परा झल्किने सांस्कृतीक प्रस्तुती राखेका थिए भने केही प्रस्तुतीहरुमा शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यालयमा पाँच वर्षसम्म सेवा गर्दै आएकी सबिता अधिकारीलाई सम्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द लामिछानेले प्रयोगात्मक र जिवन उपयोगी शिक्षालाई पहिलो प्रथामिकतामा राखेको बताएका थिए भने विद्यालयका सस्थापक कुशलवावु लामिछानेले स्थापना काल देखिको हालसम्मको अवस्थामा विभिन्न आरोह अवरोहह्र पार गरेको बताउादै अहिलेको अवस्थामा ल्याउन सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द लामिछानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक मोनिका गुरुङ र सस्थापक कुशलवावु लामिछानेले गरेका थिए ।

Previous Post

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post

लमजुङको क्व्होलासोथरमा पसगाउँ महोत्सव हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लमजुङको क्व्होलासोथरमा पसगाउँ महोत्सव हुने

लमजुङको क्व्होलासोथरमा पसगाउँ महोत्सव हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?