फागुन १५ पोखरा – गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै न्युन आय भएका नागरिकको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ कास्कीको पसगाउँमा पसगाउँ महोत्सव हुने भएको छ।
लमजुङको क्व्होलासोथर गाउँपालिका ६, पसगाउँमा फागुन १९ र २० गते १४ औं पसगाउँ महोत्सव हुन लागेको क्व्होलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका समितिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जनाए।
लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको समितिले जनाएको छ । बेसीशहर र पोखराबाट मात्र नभई देशका अरु सहरबाट पनि उक्त महोत्सवमा पाहुना आउने विश्वास गरिएको छ ।
ग्रामीण पर्यटनको विस्तार गर्ने, लोकसंस्कृतिको संरक्षण एवम् संवद्र्धन गर्ने, स्थानीय हस्तकला प्रदर्शनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवले राखेको पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
Discussion about this post