• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सुरु

बिद्यार्थीले लगानी फिर्ता गर्नु पर्छः मुख्यमन्त्रि पाण्डे

Ramsharan Nepali by Ramsharan Nepali
February 29, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले शिक्षाको क्षेत्रमा राज्यले गरेको लागानीलाई विद्यार्थीहरुले फिर्ता गर्नु पर्ने वताएका छन् ।

कास्कीको लेखनाथमा रहेको लक्ष्मी आदर्श माध्यामिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको वुधवार सुभारम्भ गर्दै मुख्यमन्त्रि पाण्डेले सामुदायिक विद्यालयको शौक्षीक विकासका लागि राज्यले ठुलो धनराशी खर्च गरेकाले त्यसवाट लाभान्वीत हुने विद्यार्थीले लगानीको केही अंश राज्यलाई फिर्ता गर्नु पर्ने बताएका हुन् ।

सामुदायिक विद्यालयमा कक्षा ११÷१२ पढेपछि विदेशिने प्रचलन वढेको तितो यथार्थलाई संकेत गर्दै मुख्यमन्त्रि पाण्डेले रोजगारीका लागि कमाउन जहाँ गएपनि राज्यले गरेको लगानीलाई जन्मभुमीको ऋण सम्झेर फिर्ता गर्नु पर्ने बताएका हुन् ।

“माटोले खोजेको शिक्षा र समयले मागेको शिक्षा दिन नसक्दा युवा वर्गमा जागेको विदेशीने मोहलाई कसरी रोक्न सकिन्छ भन्ने वारेमा सरकार चिन्तनशिल भएकाले यस चुनौतीपुर्ण अवस्थाका बारेमा राज्यले सिक्दै कमाउदै स्वआर्जन गर्ने सक्ने शिक्षा प्रणाली जोड्नु पर्ने टट्कारो अवस्था छ” उनको भनाई रहेको थियो ।

सोही अवसरमा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले देशमा ब्याप्त राजनितीक अस्थिरताका कारण शिक्षाको क्षेत्रमा देखिएको नकरात्मक पक्षलाई कसरी शुद्धीकरण गर्न सकिन्छ भन्ने बारेमा सामुहिक चिन्तको विषय भएको धारणा राखेका थिए ।

वि स २०२५ सालमा स्थापना भएको विद्यालयले शौक्षीक सत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाउदै आएको थियो । यसैक्रममा यहि फागुन १६,१७ र १८ गतेलाई स्वर्ण महोत्सव समापन समारोहका रुपमा मनाउन लागेका हो ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवंम स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा बिद्यालयको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पुर्याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु, पुर्व शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरु लगायतलाई सम्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सव पछिको शैक्षीक प्रणालीमा आमुल परिवर्तन आउने गरि ब्यवहारिक र प्रयोगात्मक शिक्षालाई स्थान दिदै आएको जानकारी गराएका थिए ।

यसै विच स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्ने पुर्व योजना अनुसार फागुन १६ गते बुधवार मुल समारोहको सुभारम्भ र स्वर्णजयन्ती स्तम्भको अनावरण गरिएको थियो भने फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने कार्यक्रम तहे गरिएको छ ।

कार्यक्रममा पुर्व सभामुख तथा सस्थापक शिक्षक तारानाथ रानाभाट, पुर्व मन्त्रि यज्ञ बहादुर थापा, संघिय सांसद मन बहादुर गुरुङ, पुर्व गण्डकी प्रदेशका सभासद दिपक कोईराला, वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ लगायतले शिक्षीत जनशत्तिलाई स्वेदेशमा नै रोक्नका लागि विद्यार्थीहरुलाई ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

विद्यालयको चालु शैक्षीक सत्रमा एक हजार ६३ जना विद्यार्थीहरु अध्यनरत छन भने विद्यालयबाट अहिलेसम्म १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ प्रस्तुत गरिएको थियो ।

Previous Post

लमजुङको क्व्होलासोथरमा पसगाउँ महोत्सव हुने

Next Post

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव जारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव जारी

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?