• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव जारी

पुर्विय दर्शनको शिक्षा पद्धतीलाई पनि जोगाउनुपर्छ : संस्कृतिविद गुरुङ

Ramsharan Nepali by Ramsharan Nepali
March 1, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् ।

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो दिन बिहीबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. गुरुङले पश्चिमेली अर्थात् आधुनिक शिक्षा पद्दति अहिलेको आवश्यकता भएकाले बहिष्कार गर्न नसकिए पनि पूर्वीय दर्शन, संस्कृति र प्राचीन आदर्श भने बिर्सन नहुने बताए । उनले प्राचीन आदर्श एवं पूर्वीय दर्शनअनुसारको शिक्षा पद्दतिलाई पनि समावेश गर्न सके विद्यार्थीमा नैतकिताको विकास हुन गई सभ्य समाजको निर्माणमा ठूलो योगदान पुग्ने बताए ।

स्वर्ण जयन्ती अवसरमा बिहीबार नै स्वर्ण महोत्सव प्रवेशद्वार एवं हेल्थ केयर युनिट उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले सोको उद्घाटन गर्दै सरकारी विद्यालयलाई हेर्ने समाजको नजर फरक रहेको बताए । उनले विद्यालय शिक्षा सुधार गर्न महानगरले विभिन्न १७ बुँदामा महानगरभित्रका विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको र त्यसको मूल्यांकनका लागि २६ जना विज्ञ खटाइएको जानकारी दिंदै त्यसमा खरो उत्रिन नसके नेतृत्वसमेत परिर्वतन गर्ने चेतावनी दिए ।

कार्यक्रममा स्मारिका प्रकाशन समितिका सम्पादक चतुराखर अधिकारी, भूतपूर्व विद्यार्थी पुनर्मिलन समितिका संयोजक कृष्णप्रसाद अधिकारी, भूतपूर्व विद्यार्थी एसोसियसन अध्यक्ष खडानन्द लामिछाने लगायतले बोलेका थिए । यस्तै, विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित ‘स्मारिका’ विमोचन गरिएको छ ।

उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालयको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यावारिधि गर्ने पूर्व विद्यार्थी एवं सरकारी सेवामा प्रथम श्रेणीमा सेवारत् व्यक्तिलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सवपछिको शैक्षिक प्रणालीमा आमूल परिवर्तन आउने गरी व्यावहारिक र प्रयोगात्मक शिक्षालाई स्थान दिँदै आएको बताए । कार्यक्रम सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।

२०२५ सालमा स्थापित विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । विद्यालयमा हाल १ हजार ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वर्ण महोत्सव अवसरमा भएको त्रिदीवसीय कार्यक्रम शुक्रबार पनि चल्नेछ ।

Previous Post

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सुरु

Next Post

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सम्पन्न

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?