लेखनाथ, १८ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं.–२७ मा रहेको लक्ष्मी आर्दश माविको वुधवार देखि सुरु भएको त्रिदिवसीय स्वर्ण महोत्सव शुक्रवार सम्पन्न भएको छ ।
बिद्यालयको शैक्षीक विकासमा समेत सहयोग पुग्ने गरि आयोजना गरिएको स्वर्ण महोत्सवका तिन दिने कार्यक्रममा स्वर्णजयन्ती वर्ष–२०८० को स्तम्भ अनावरण, स्वर्णजयन्ती वर्ष –२०८० का लागि निर्मित प्रवेशद्वारको उद्घाटन एवं विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित स्मारिका विमोचन लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।
स्वर्णजयन्ती वर्ष–२०८० को स्तम्भ अनावरण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए भने स्मारीका विमोचन संस्कृतिविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले र स्वर्णजयन्ती वर्ष –२०८० का लागि निर्मित प्रवेशद्वारको उद्घाटन एवं हेल्थ केयर युनिटको उद्घाटन पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले गरेका थिए ।
स्वर्ण महोत्सव समापन समारोहमा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ,राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका उपसचिव वशन्तराज पौडेल,पोखरा महानगरपालिलका शिक्षा महासाखाका अधिकृत बद्रिनाथ सुवेदी र सस्थापक भोजराज भण्डारी, पुर्व शिक्षक हेमराज आचार्य लगायतले अवको शिक्षा ब्यवहारिक र जिवन उपयोगी हुनु पर्ने सुझाव राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा साहायक प्रधानाध्यापक शिवमणि भण्डारी र विद्यार्थीहरुको तर्फबाट विवेक अधिकारी र पदमराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।
उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालयको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरु, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यावारिधि गर्ने पूर्व विद्यार्थी एवं सरकारी सेवामा प्रथम श्रेणीमा सेवारत् व्यक्तिहरु लगायत विद्यालयलाई विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सवकै अवसरमा यसै वर्षदेखि पोखरा महानगरपालिका वडा नं.–२७ द्वारा विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यार्थीकै इच्छा अनुसार कुनै एउटा सिपमूलक तालिम प्रदान गर्ने कार्यक्रमको उद्घाटन वडाअध्यक्ष पुर्ण कुमार गुरुङले उद्घघाटन गरेका थिए । कार्यक्रम अन्र्तगत प्रत्येक वर्ष छात्राहरुको लागि व्युटी पार्लर र सिलाई मध्ये कुनै एक र छात्रहरुको लागि प्लम्बिङ्ग, इलेक्ट्रिकल र हेयर कटिङ गरी ५ वटा सिपमूलक तालिम सञ्चालन हुनेछन ।
२०२५ सालमा स्थापित विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । विद्यालयमा हाल १ हजार ६३ जना विद्यार्थी अध्ययनरत छन् ।
Discussion about this post