• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दशनामी समाजलाई कृष्ण कुमार गिरीको १ करोड सहयोग

Ramsharan Nepali by Ramsharan Nepali
March 4, 2024
in समाचार, स्थानीय
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १९ फागुन । नेपाल दशनामी समाज गण्डकी प्रदेशको भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलाले समाजको केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनको लागी अर्थ संकलन गर्न सञ्चालीत मेची महाकाली अभियानलाई पुर्ण रुपमा सर्मथन गरी सहयोगार्थ खटेर लाग्ने निर्णय गरेको छ ।

भेलामा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्द गिरीले संस्थाको विभिन्न जिल्लाहरुमा आ–आफ्नो भवन बनिसकेको जानकारी गराउँदै केन्द्रीय समितिको भवन अत्यन्त जरुरी रहेको र आफ्नो कार्यकालमा उक्त प्रतिज्ञा पृुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले कार्यक्रममा उपस्थीतहरुबाट सहयोग संकलनको लागी गरिएको स्वघोषणाले गण्डकी प्रदेश कमिटिले आफ्नो प्रतिष्ठा कायम गरेको बताउँदै यस किसिमको सक्रियताको उच्च प्रशंसा समेत गरेका थिए ।

उक्त अवसरमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरी, समाजका सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी लगायतले आफ्नो संस्कृति, परम्परा र पहिचान कायम गर्नको लागी सम्पुर्ण दशनामीहरु आपसमा संगठीत हुनुको विकल्प नभएको र केन्द्रीय कमिटिको अभियानमा मातहतका कमिटिहरुले यथासक्य सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनको लागी कुल १ करोड ८ लाख ५४ हजार ६ सय २९ रुपैंयाको सहयोगको प्रतिवद्धता घोषणा गरिएको थियो भने समाजका संरक्षक ८२ वर्षिय कृष्ण कुमार गिरीले समाजलाई १ करोड सहयोग प्रदान गर्ने घोषणा गरेका थिए भने केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले ३ लाख ५५ हजार, पुरनचाैर दशनामी समाज पाेखरा-१९ का अध्यक्ष राम गिरीले २५ हजार १ सय ५१, पुर्व केन्द्रीय सदस्य गोपाल गिरीले ५५ हजार ५ सय, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सचिव जगत मोहन गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सल्लाहकार बाबुराम गिरीले ५० हजार, केन्द्रीय सदस्य शारदा गिरीले २५ हजार १ सय ५५, केन्द्रीय सदस्य तिला गिरी ३० हजार १ सय ११, प्रदेश सदस्य ईन्दिरा गिरीले ३० हजार ५ सय, युवा समितिका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले ५४ हजार ३ सय २१, महिला समिति गण्डकीकी मिना गिरीले १५ हजार ५ सय ५५, प्रदेश सदस्य गोविन्द गिरीले १५ हजार ५, प्रदेश अध्यक्ष मोति गिरी ३१ हजार १ सय ११, सह–सचिव सागर गिरीले १५ हजार ५ सय ५५, प्रदेश सचिव बेबराज गिरीले २५ हजार ५ सय ५५, सपना गिरी दशनामी समाज कास्की महिला समितिबाट रु २० हजार  र गण्डकी प्रदेश महिला सचिव सुशिला गिरीले १५ हजार सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।

यस्तै समाजका गण्डकी प्रदेश कमिटिका अध्यक्ष मोती गिरीले केन्द्रले सञ्चालन गरेको अभियान उपयुक्त रहेको वताउँदै यसमा मन वचन र कर्मले आर्थिक सहयोग देखी श्रमदानसम्म आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने वताएका थिए । कार्यक्रममा प्रदेश कमिटिका प्रथम उपाध्यक्ष योगराज गिरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बेबराज गिरीले गरेका थिए ।

Previous Post

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सम्पन्न

Next Post

भजन चुट्कामा तनहुँको दाजुभाइ समूह प्रथम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
भजन चुट्कामा तनहुँको दाजुभाइ समूह प्रथम

भजन चुट्कामा तनहुँको दाजुभाइ समूह प्रथम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?