पोखरा, १९ फागुन । नेपाल दशनामी समाज गण्डकी प्रदेशको भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलाले समाजको केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनको लागी अर्थ संकलन गर्न सञ्चालीत मेची महाकाली अभियानलाई पुर्ण रुपमा सर्मथन गरी सहयोगार्थ खटेर लाग्ने निर्णय गरेको छ ।
भेलामा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्द गिरीले संस्थाको विभिन्न जिल्लाहरुमा आ–आफ्नो भवन बनिसकेको जानकारी गराउँदै केन्द्रीय समितिको भवन अत्यन्त जरुरी रहेको र आफ्नो कार्यकालमा उक्त प्रतिज्ञा पृुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले कार्यक्रममा उपस्थीतहरुबाट सहयोग संकलनको लागी गरिएको स्वघोषणाले गण्डकी प्रदेश कमिटिले आफ्नो प्रतिष्ठा कायम गरेको बताउँदै यस किसिमको सक्रियताको उच्च प्रशंसा समेत गरेका थिए ।
उक्त अवसरमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरी, समाजका सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी लगायतले आफ्नो संस्कृति, परम्परा र पहिचान कायम गर्नको लागी सम्पुर्ण दशनामीहरु आपसमा संगठीत हुनुको विकल्प नभएको र केन्द्रीय कमिटिको अभियानमा मातहतका कमिटिहरुले यथासक्य सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
भेलामा केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनको लागी कुल १ करोड ८ लाख ५४ हजार ६ सय २९ रुपैंयाको सहयोगको प्रतिवद्धता घोषणा गरिएको थियो भने समाजका संरक्षक ८२ वर्षिय कृष्ण कुमार गिरीले समाजलाई १ करोड सहयोग प्रदान गर्ने घोषणा गरेका थिए भने केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले ३ लाख ५५ हजार, पुरनचाैर दशनामी समाज पाेखरा-१९ का अध्यक्ष राम गिरीले २५ हजार १ सय ५१, पुर्व केन्द्रीय सदस्य गोपाल गिरीले ५५ हजार ५ सय, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सचिव जगत मोहन गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सल्लाहकार बाबुराम गिरीले ५० हजार, केन्द्रीय सदस्य शारदा गिरीले २५ हजार १ सय ५५, केन्द्रीय सदस्य तिला गिरी ३० हजार १ सय ११, प्रदेश सदस्य ईन्दिरा गिरीले ३० हजार ५ सय, युवा समितिका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले ५४ हजार ३ सय २१, महिला समिति गण्डकीकी मिना गिरीले १५ हजार ५ सय ५५, प्रदेश सदस्य गोविन्द गिरीले १५ हजार ५, प्रदेश अध्यक्ष मोति गिरी ३१ हजार १ सय ११, सह–सचिव सागर गिरीले १५ हजार ५ सय ५५, प्रदेश सचिव बेबराज गिरीले २५ हजार ५ सय ५५, सपना गिरी दशनामी समाज कास्की महिला समितिबाट रु २० हजार र गण्डकी प्रदेश महिला सचिव सुशिला गिरीले १५ हजार सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।
यस्तै समाजका गण्डकी प्रदेश कमिटिका अध्यक्ष मोती गिरीले केन्द्रले सञ्चालन गरेको अभियान उपयुक्त रहेको वताउँदै यसमा मन वचन र कर्मले आर्थिक सहयोग देखी श्रमदानसम्म आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने वताएका थिए । कार्यक्रममा प्रदेश कमिटिका प्रथम उपाध्यक्ष योगराज गिरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बेबराज गिरीले गरेका थिए ।
Discussion about this post