लेखनाथ, १२ फागुन । पोखरा महानगरपालिका वडा नं २६/२७ को अर्घौंचोकमा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिमा निर्वाचित टिमलाई शनिवार एक कार्यक्रमका विच पद तथा गोपनीयतको सफत सहित पदस्थापित गराईएको छ ।
गत सनिवार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट सर्वसम्वत रुपमा अध्यक्ष पदमा निर्वाचित वर्तमान उपाध्यक्ष बेल प्रसाद सापकोटाको टिमलाई निर्वाचन संयोजक पुर्व न्यायधिस वासुदेव न्यौपानेले पदस्थापन गराएका हुन् ।
यसैगरि समितिका उपाध्यक्ष धनश्याम ढुगाना,सचिव विरेन्द्रराज भुर्तेल,कोषाध्यक्ष विष्णु प्रसाद लामिछाने,सह सचिव कल्पना रानाभाट र सदस्यहरु विष्णु वहादुर सुनार,सम्झना लामिछाने,दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारीलाई समेत आ आफनो पदमा पदस्थापीत गराईएको थियो ।
लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवार्चन संयोजक वासुदेव न्यौपाने, लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भटराई,सल्लाहकार सुर्यमणि लामिछाने र पुर्व कार्यसमिति सदस्य सन्दिप थापा र सचिव विरेन्द्र भुर्तेल लगाएतले ब्यवस्थीत वजारको परिकल्पनाले मात्र यस क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास ब्यत्त गरेका थिए ।
Discussion about this post