पोखरा महानगरपालिका वडा नं. २७ ले महिलाहरुका लागी मादल बजाउने तालिम सम्पन्न गरेको छ । वडाको आयोजनामा विभिन्न महिला तथा आमा समुहहरुका लागी आयोजना गरिएको १२ दिने मादल बजाउने तालिम विहिबार सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै वडा नं. २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले तालिमबाट महिला दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै मादल बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै महिला शसक्तिकरणका लागी वडा लागीपरेको वताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरु पनि सञ्चालन गर्ने वताएका थिए ।
यस्तै लेखा अधिकृत रविन्द्र अधिकारीले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै विकास वजेटको सदुपयोग गर्ने वडा भएको दावी गरे ।
यस्तै तालिमकी संयोजक एवं वडा सदस्य बुद्धिमाया मगरले तालिमबाट महिला दिदिबहिनीहरु स्वयम सक्षम हुनुका साथै समुहको आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन ।
प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सृजना थापामगरले तालिम उपयोगी भएको वताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन ।
तालचोक नवज्योती आमा समुहकी अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल गृह श्रमिक संघ पोिखरा महानगरकमिटिकी अध्यक्ष माया लामिछाने सापकोटाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन समुहकी सचिव अनिता ढुंगानाले गरेकी थिईन ।
१२ दिनसम्म सञ्चालन भएको तालिममा १३ वटा आमा समुहका ४० जना महिलाहरुको सहभागिता रहेको थियो भने निशान गायकले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
सहभागी समुहहरुमध्ये जनकल्याण समाज पोखरा २७ प्रथम, शान्तिनगर आर्दश आमा समुह द्धितीय र नेपाल मगर समाज तालचोक ईकाई समिति तृतीय हुन सफल भएका थिए । उनीहरुलाई पुरस्कारस्वरुप १÷१ थान मादल प्रदान गरिएको थियो ।
Discussion about this post