हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।
मेयर गुरुङलाई कोरोनाका लक्षण नदेखिएता पनि संगैको साथिलाई कोरोना संक्रमण देखीएपछि आफैले कोरोना परीक्षण गर्नुभएको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिनुभयो ।
मंसिर ७ गते कोरोना परीक्षणका लागि स्वाब दिएका गुरुङको ९ गते कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख श्रीबास्तवले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि पश्चात मेयर गुरुङ होम आईसोलेशनमा बस्नुभएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखी १२ दिनको होम आईसोलेशन पश्चात आईतबार कोरोना संक्रमण मुक्त हुनुभएको श्रीबास्तबले जानकारी दिनुभयो ।
Discussion about this post