• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

यि हुन् दशैमा समेत माछा मासु नखाने चर्चिक कलाकार

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in Uncategorized
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ तनहुँ । दसैैं लागेपछि नेपालीले जोहो गर्ने दुई कुरा विशेष छन्, नयाँ लुगा र मासु । अरु केही गरुन् नगरुन् नेपालीले ऋण काढेरै भए पनि नयाँ लुगा र मासु जोहो गर्छन् । यसैले दसैं भन्ने बित्तिकै मासु र यसका परिकारको सम्झनामा धेरैको मुख रसाउँछ । आम नेपाली झैं अधिकांश सेलिब्रेटी पनि मासु भनेपछि हुरुक्कै हुन्छन् तर केहीले भने जिन्दगी मासुको स्वाद चाखेका छैनन् ।

मांसहारीबाट शाकाहारी बन्नेमा अनमोल केसीको नाम अगाडि आउँछ । चार वर्षअघिसम्म अनमोल मांसाहारी नै थिए । तर, ‘कृ’ फिल्मको सुटिङका क्रममा इस्कोनको संगतमा पुगेपछि उनले चटक्क मासु छाडेका थिए । उनले देहीले नमागेका कारण मासु खान छाडेको बताए ।

‘खासमा मलाई पहिलादेखि नै माछा मासु खाँदा दिङमिङ लाग्थ्यो । जति पाकेको भए पनि काँचै छ भने जस्तो लागिरहन्थ्यो । इस्कोन गएपछि त झन् खानै मन लागेन,’ अनमोलले भने ।

तीन वर्षअघि अनमोल ‘कृ’ फिल्मको तयारीमा जिम धाउने गर्थे । उनलाई जिम सिकाउने गुरु सुरज कृष्णभक्त थिए र बुढानिलकण्ठमा रहेको इस्कोनका अनुयायी । उनकै पछि लागेर अनमोल पनि इस्कोन गए । त्यहाँ जाँदा उनलाई बेग्लै भाइब्स आयो । फिल्मको तयारीकै बीचमा उनले कृष्ण कन्सेन्सन्सको एक हप्ते प्रशिक्षण लिए । त्यसपछि त उनलाई माछा मासु खाने मोह चटक्कै छुट्यो ।

‘कृको समयमा मैले हेभी डाइट लिनु पर्ने हुन्थ्यो तर यो समयमा पनि मैले माछा मासु खाइँन । मेडिटेसनबाट फर्केपछि त जनावरको पनि माया लाग्छ । सायद फेरि खान्छु जस्तो लाग्दैन,’ अनमोलले भने ।

अभिनेत्री निशा अधिकारीले भने माछा मासु खाने ÷छाड्ने गरिरहेकी छिन् । केही वर्ष माछा मासु बारेकी उनले गर्भवती भएपछि डाक्टरको सल्लाहमा माछा मासु खान थालेकी हुन् ।

उनले बच्चा अलि ठूलो भएपछि पुनः भेजिटेरियन बन्ने बताउँदै आएकी छिन् । अनमोल र निशाको ठिक उल्टो दीलिप रायमाझीले भने आजसम्म मासुको एक चोक्टा पनि मुखमा हालेका छैनन् । कीर्तिपुरको नेवार बस्तीमा हुर्किएका दीलिपले आमाको परम्परा पछ्याउँदै मासु कहिलै नखाएको बताए ।

‘ घरमा हाम्रो आमा भेज हुनुहुन्थ्यो । यही कारण हामी सबै भेज भयौं,’दीलिपले भने, ‘सानोमा नखाएपछि ठूलोमा मतलब हुँदोरहेनछ । मामा मावली, आफन्त नातागोता कसैले पनि मासु खानुहुन्नथ्यो । त्यो भएर कहिलै पनि यसको तिर्सना भएन ।’ दीलिपले जमघटमा यदाकदा साथीभाइलाई पकाएर खुवाएको अनुभव भने समेटेका छन् । ‘ पकाएर खुवाउन मलाई खुब मजा लाग्छ । यसरी मुड चलेको बेलामा एक दुई पटक पकाएर खुवाएको छु । यसो गर्दा गन्ध लिएँ होला तर खाने कुरा दिमागमा आएन,’ उनले भने । उनले दसैंमा मासुको साटो घिऊ बढी खाने गरेको बताए ।

मासु नखाने अर्की कलाकार हुन्, दीपाश्री निरौला । दुई दशकदेखि शाकाहारी खानपान अपनाइरहेकी दीपाश्रीले एउटा ध्यान केन्द्रमा पुगेपछि मासु छोडेकी थिइन् । ध्यान केन्द्रका सबै शाकाहारीको प्रभावले मासु छाडेकी उनलाई एउटा घटनाले मासु नै नहेर्ने बनायो । ‘मासु छाड्छु भनेको तीन महिनापछि मेरो जन्म दिन परेको थियो । जन्मदिनमा बुबाले खसी काटेर भोज खुवाउने रहर गर्नुभयो । मैले पनि केही पिस खाएँ । तर, केहीबेरमा वान्ता भयो । त्यसपछि कहिलै मासु खाउँ नै लागेन’ उनले भनिन् । तर, यसरी चटक्क मासु छाड्नुअघि दीपा दुई तीन केजी मासु ढुक्कैसँग खान्थिन् ।

अभिनेता निखिल उप्रेति माछा मासु नखाने सेलिब्रेटी हुन् । निखिल उप्रेतिलाई सानैदेखि माछा मासु मन पर्दैनथ्यो । घरमा माछा मासु पाकेको दिन भान्सामा छिर्दैनथे । तर, परिवार उनको यही स्वभावले पिरिएको थियो । किनकि निखिल सानोमा साह्रै दुब्लो पातलो थिए र गाउँघरमा माछा मासु खाएमात्र ज्यान मोटाउने विश्वास थियो । लगभग १४/१५ वर्षको उमेरसम्म यो दोहोरी चलिरह्यो ।

अन्ततः निखिल हारे र वयस्क हुँदैगर्दा मासु खान थाले । यो क्रम हिरो भएको केही वर्षसम्म चल्यो । यहीबीच निखिल आध्यात्मको संगतमा लागे । जीवन जगतका रहस्यमाथि चिन्तन गर्न थाले । यसपछि भने उनलाई फेरि मासु खान मन लाग्न छाड्यो । उनले फेरि चटक्क छाडे ।

‘एक त खाँदा पनि मेरो मन रमाएको थिएन । फेरि अध्यात्मको दुनियाँमा प्रवेश गरेपछि पशुपंक्षीको वध पनि निरर्थक लाग्न थाल्यो,’ निखिले भने, ‘यसपछि माछा मासु छाडेको पनि १०÷१५ वर्ष हुन लाग्यो ।’

दीलिप झैं निखिल पनि नखाए पनि छोइछिटै गर्ने गरी टाढा हुन नपर्ने बताउँछन् । आफू नखाए पनि उनले परिवारलाई रोकतोक गर्ने गरेका छैनन् । दीपाश्रीकै लहैलहैमा लागेर दीपकराज गिरीले पनि मासु छाडेका छन् । उनले भने मासु छाडेको दुई तीन वर्ष मात्र भयो ।

प्रदीप खड्काले भने मासु छाडेको ११ वर्षभन्दा ज्यादा समय भइसकेको छ । उनले पनि खान मन नलागेकोले छोडेको बताए । तर, जिम धाउने बेलामा उनले अण्डा भने सेवन गर्ने गरेका छन् । अनमोलसँगै इस्कोन गइरहने सुहाना थापाले पनि मासु खान छाडेकी छिन् । उनले मासु छाडेको दुई तीन वर्ष मात्र भयो ।

Previous Post

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

Next Post

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?