• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तरर्वार्ता

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तरर्वार्ता
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ  :  पछिल्ला दिनमा काठमाण्डौमा कोरोनाको सङ्क्रमण बढेको छ । परीक्षण बढाउने हो भने काठमाण्डौको समुदायमा धेरै कोरोना छ भन्ने चर्चा छ । के काठमाण्डौमा साँच्चिकै जोखिम बढेको हो ?  यसबारे भोजेन्द्र बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमसँग कुराकानी गर्नुभएको छ ।

काठमाण्डौमा कोरोनाको जोखिम धेरै बढेको हो ?

काठमाण्डौमा कोरोना सङ्क्रमितहरु थपिने क्रम बढेको सत्य हो । तर मानिसलाई काठमाण्डौ बाहिर हुँदासम्म चिन्ता कम भयो, अनि काठमाण्डौमा आएपछि अब घरछेउमै आयो भनेर चिन्ता बढेको हो । समग्र देशको स्थिति हेर्दा सङ्क्रमणको दर घटेको छ । अघिल्लो महिना सङ्क्रमण दर आठदेखि १० प्रतिशत थियो भने अहिले तीन दशमलव छ प्रतिशतमा छ । तर काठमाण्डौमा देखिएको भएर मानिस डराएका हुन् ।

काठमाण्डौमा सुरक्षाकर्मीमा सङ्क्रमण देखियो, यसको अर्थ समुदायमा सङ्क्रमण छ भन्ने हो ?

सुरक्षाकर्मीले ल्याएर सुरक्षाकर्मीलाई सारेका हुन् । यसको कन्ट्रयाक भेटिएको छ । सुरक्षाकर्मीले सुरक्षामा मापदण्ड पालना नगरेकाले यस्तो भएको हो । धेरैले गरेको भए पनि जसलाई सरेको छ, उनीहरुले जनस्वास्थ्यका मापदण्ड नअपनाएका हुन् ।

त्यसो भए काठमाण्डौमा आत्तिहाल्नुपर्ने अवस्था हैन ?

नियन्त्रण हामी गर्न सक्छौँ, तर जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्छ । सरकारले काठमाण्डौका ५० लाख मानिसलाई मास्क लगाइ दिन सक्दैन । हामीले साङ्केतिक रुपमा मास्क पनि लगाइदियौँ पनि ।

बाटोमा मास्क नलगाई हिँड्ने १६ हजारलाई मास्क लगाइदिएको छ । लाज हुनु पर्दैन रु सरकारले पाँचरछ हजार पर्ने परीक्षण गरेन भनेर कराउनेले दुई सय रुपैयाँको मास्क लगाउन सक्दैन रु कपडाको दुई वटा मास्क सिलाएमा पनि एक वर्षलाई पुग्छ ।

अहिले पनि धेरैको गुनासो समुदायमा फैलिएको हुन सक्छ, सरकारले परीक्षण गरेन वा ढाँट्यो भन्ने छ नि ?

ढाँट्यो भन्नेलाई त मेरो भन्नु केही छैन । त्यस्तालाई त मैले जवाफ दिन पर्दैन । यो स्वास्थ्य मन्त्रालयको प्रवक्ता नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हो । धेरै इमान्दार छ । बरु मर्न तयार छ, ढाँट्न तयार छैन । नेपाल सरकारले ढाँट्यो भने पनि जागेश्वर गौतमले ढाँट्दैन ।

अनि सरकार त्यत्ति असंवेदनशील होला रु यो चाहिँ आफूलाई मन परेको कुरा सन्तुष्टि लिने तरिका हो । यो कोरोनामा राजनीति नगर भन्छु सबैलाई, भोलि यसले लैजाला ज्यान फेरि ।

बाक्लो बस्ती भएको काठमाण्डौमा जनजीवन सामान्य जस्तै भयो, सङ्क्रमित भेटिएका छन्, जोखिम घटाउन अब के गर्नुपर्ला ?

सङ्क्रमणबाट बच्ने जम्मा चारवटा उपाय छन् । पहिलो कुरा घरबाट बाहिर ननिस्कने, अति आवश्यक नभइ लखरलखर किन हिँड्नुपर्यो रु पसल नै चलाउनु छ भने पनि एक जना जाँदा हुन्छ । दोश्रो कुरा दूरी कायम गर्ने। यदि दूरी कायम गर्न सक्नुहुन्न भने त्यस्तो ठाउँमा नजानुस् । तेश्रो कुरा मास्क लगाउनुस् ।

सर्जिकल मास्क लगाउनुस्, त्यो संभव नभएमा तीन पत्र भएका तीन वटा मास्क सिलाउनुस् । धुँदै पालैपालो लगाउनुस् । अनि चौथो कुरा हात धुनुस्, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउनुस् ।

यति गरेमा कोरोना लाग्दै लाग्दैन । किन डराएको रु किन त्रास रु मान्छेहरुले जुलुस गरेको देख्छु । मान्छे किन यति मूर्ख भएको रु यो जुलुस गर्ने, नारा लगाउने बेला हैन । आफू हुलमुलमा जाने, अनि मेरो मान्छे मर्यो भनेर रुने सरकारलाई गाली गर्ने कुरा त भएन नि ।

अब काठमाण्डौमा फेरि लकडाउन गर्नुपर्ने अवस्था नजिक आएको छ कि छैन ?

जोखिम बढेको सबैलाई थाहा छ । जोखिम बढेमा ठाउँ विशेष लकडाउन गर्न सकिने पनि व्यवस्था छ । अहिलेलाई रातको समयमा काठमाण्डौका नाकाबाट आवातजावात रोकिएको छ। यदि सङ्क्रमण बढेमा लकडाउनसम्म पुग्न सकिन्छ । तर हरेक व्यक्ति सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गरेमा अहिले त्यो अवस्था आउन बाट रोक्न सकिन्छ भन्ने हो ।

Previous Post

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

Next Post

यि हुन् दशैमा समेत माछा मासु नखाने चर्चिक कलाकार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ
अन्तरर्वार्ता

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे
अन्तरर्वार्ता

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’
अन्तरर्वार्ता

‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’

फिफा वर्ष खेलाडी को ?
अन्तरर्वार्ता

फिफा वर्ष खेलाडी को ?

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !
अन्तरर्वार्ता

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !

Next Post
यि हुन् दशैमा समेत माछा मासु नखाने चर्चिक कलाकार

यि हुन् दशैमा समेत माछा मासु नखाने चर्चिक कलाकार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?