• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तरर्वार्ता

‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तरर्वार्ता
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – चाडपर्व नजिकिँदै गर्दा सबै सार्वजनिक गाडीमा सिट क्षमताअनुसार यात्रु चढाउन मिल्ने भएको छ । भाडादर पनि लकडाउन हुनुअघिकै कायम गरिएको छ । स्वास्थ्य मापदण्ड भने अपनाउनै पर्ने हुन्छ । तर अधिकांश सार्वजनिक गाडीले नियम पालना गरेको पाइँदैन । यसै सन्दर्भमा सार्वजनिक गाडीमा स्वास्थ्य सतर्कता अपनाउने र चाडपर्वमा गाडी व्यवस्थापन गर्ने विषयमा सहकर्मी मल्लिका थापाले ट्राफिक इन्जिनियर तथा सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलसँ कुराकानी गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच अहिले लामो, मध्यम तथा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीहरु सुरक्षित तरिकाले चलिरहेका छन् त ?

सुरुमा यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा आधा सिट सङ्ख्यामा यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा बढी दिन पाउने, स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्नुपर्ने लगायतका मापदण्ड बनाएकोमा मापदण्ड पालना भएको पटक्कै पाइएन । निगरानी पनि गर्न सकेको देखिएन र सरकारले मापदण्ड पालना गराउन व्यवस्थापनमा पनि ध्यान दिएन । यात्रु आफै पनि सचेत देखिएनन् र व्यवसायीको मनोमानी त छँदै थियो ।

सार्वजनिक गाडीले स्वास्थ्यसम्बन्धी मापदण्ड किन पालना गर्दैनन् ?

हाम्रो नियमनको पाटो फितलो भयो, त्यसकारण व्यवसायीमा डर कम भयो । नेपालमा सार्वजनिक यातायातलाई सेवाको क्षेत्रभन्दा पनि व्यवसायको क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । व्यवसायीले सकेसम्म ट्राफिक प्रहरीलाई, अनुगमन गर्ने निकायलाई छलेर तोकिएको मापदण्ड उल्लङ्घन गरेर नाफा कमाउने उद्देश्यले काम गरिरहेका हुन्छन् । यो स्वभाविक पनि हो किनभने राज्यले सार्वजनिक यातायातलाई कुनै पनि आर्थिक सहयोग गरेको छैन । यस्तै यात्रुले पनि आफ्नो समयानुकुल यात्रा गर्ने बानी बसालेका छन्, जसरी हुन्छ तोकिएको समयमा तोकिएको गन्तव्यमा पुग्नुपर्ने बाध्यताले उनीहरु मापदण्डलाई बिर्सेर जोखिमयुक्त यात्रा गरिरहेका हुन्छन् ।

त्यसैले सबै पक्षबाट प्रतिबद्ध भएर, एकीकृत रुपमा अघि बढ्ने हो भने मापदण्ड पालना गर्न र गराउन सहज हुन्छ । राज्यले सार्वजनिक यातायातमा लगानी गरेको छैन, निजी क्षेत्रको लगानी छ, निजी क्षेत्रकै कन्ट्रोल छ, त्यही भएर सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सकिएको छैन । त्यसैले राज्यले नियममात्र बनाएर मापदण्ड पालना गराउन सकेको छैन, यदी लगानी गरेको थियो भने नियमन गर्न पनि सजिलो हुने थियो ।

अब त सिट क्षमताअनुसार नै यात्रु राख्न पाइने भएको छ तर जोखिम कम गर्न कस्तो कुरामा ध्यान दिनुपर्छ ?

जोखिम अब बढी नै हुन्छ । लामो दुरीको यात्रा गर्दा त झन् २०–२२ घण्टासम्म गाडीमै रहनुपर्ने हुँदा एक जनामात्र सङ्क्रमित गाडीमा हुँदा पनि धेरै जनामा फैलिने सम्भावना हुन्छ । त्यसैले जति धेरै यात्रु राख्यो त्यतप नै धेरै सङ्क्रमणको जोखिम हुन्छ । झन् टाँसिएरै बस्नुपर्ने हुँदा सङ्क्रमणको जोखिम हुने नै भयो । त्यसैले यात्रु आफै पनि सचेत हुनुपर्छ ।

मास्क, पन्जा, स्यानिटाइजर बोकेर हिँड्ने गर्नुपर्छ । बाटोमा खाना पनि नखाने, सकेसम्म आफै लाने गर्नुपर्छ । साबुन पानीले हात धुने वा स्यानिटाइजर पनि आफैले बोकेको प्रयोग गर्नुपर्छ । गाडी गुडाँउदा झ्याल खुला नै राख्ने । विश्व स्वास्थ्य सङ्गठनको अनुसार कोठामा होस् या गाडीमा, हावा पास हुने गरी यात्रा गर्नेरगराउने गर्नुपर्‍यो । जाडो हुन्छ भने बरु बाक्लो लुगा लगाउने ।

झ्याल खुला गरेपछि गति भने नियन्त्रण गर्नुपर्छ । यस्तै यात्राभर मास्क नफुकाल्ने र सकेसम्म फेस शिल्डको प्रयोग गर्दा जोखिम कम गर्न सकिन्छ । सुरक्षित यात्राका लागि सार्वजनिक गाडीमा सरकारले नियमन गर्नुपर्‍यो, व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो र यात्रुले आफै सजग भएर मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्‍यो ।

चाडपर्वको समयमा सार्वजनिक गाडीमा यात्रु बढी नै हुन्छन्, कसरी व्यवस्थित गर्ने ?

यसमा त त्रिपक्षय सम्बन्ध हेर्नुपर्छ । एउटा राज्य पक्ष हुन्छ, जसले नियमन गर्छ, अर्को व्यवसायी भयो, जसले व्यवसाय गर्ने वा गाडी चलाउने भए भने अर्को यात्रु भए जसले यात्रा गर्छन् । यिनीहरुको सम्बन्ध मजबुत हुनुपर्छ । सरकारले ठाँउ–ठाँउमा नियमन गर्नुपर्‍यो ।

अब सिट क्षमताको यात्रु राख्न मिल्ने ठाउँमा कोचाकोच गरेर यात्रा गराउनुभएन । यस्ता कुरा नियमन गर्नुपर्‍यो । व्यवसायीले पनि मापदण्ड पालना गर्नुपर्छ । विना मास्क यात्रुलाई गाडी चढ्न नदिने, चालक र सहचालकलाई पनि अनिवार्य मास्क र पन्जा लगाउन लगाउनुको साथै गाडीमा स्यानिटाइजरको व्यवस्था गरिनुपर्छ ।

त्यस्तै हरेक टिपपछि गाडीलाई डिसइन्फेक्ट ९निर्मलीकरण० गर्नुपर्छ । यात्रुको हकमा भने आफै स्यानिटाइजर बोक्नुपर्यो, मास्क प्रयोग गर्नुपर्‍यो, लामो दुरीको यात्राका लागि खानाको व्यवस्था आफै गरेर लाने, आफूले लगेको खाना आफैमात्र खाने गर्नुपर्छ । यसरी तीन वटै पक्षबाट आ–आफ्नो ठाउँबाट आफ्नो कर्तव्य पालना र जिम्मेवारी पूरा गर्ने हो भने केही हदसम्म सुरक्षित यात्रा गर्न सकिन्छ ।

चाडपर्वमा जोखिमरहित यात्राको लागि तपाईँको सुझाव के छ ?

कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा सावधानी आवश्यक छ । विश्वव्यापी रुपमै कोरोना सङ्क्रमण सार्वजनिक गाडीबाट फैलिरहेको छ भन्ने समाचार आइरहेको छ । यो अवस्थामा व्यवसायीले पनि यात्रुलाई सेवा दिने हिसाबले काम गर्नुपर्छ । यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी लिनुपर्छ । यात्रुले पनि सुरक्षित यात्राका लागि व्यवसायीले यस्तो दिनुपर्‍यो, सरकारले यस्तो गर्नुपर्‍यो भन्दा पनि आफू कसरी सुरक्षित हुन सकिन्छ, त्यो सोच्नुपर्‍यो ।

हामीले हाम्रो सुरक्षा आफै गर्नुपर्‍यो । राज्यले पनि निगरानी गर्न, नियमन गर्न छोड्यो भने भद्रगोल नै हुन्छ, त्यसैले नियमन जारी राख्नुपर्छ । रोग सर्ने र सार्ने कुरामा हेलचेक्रयाइँ गर्नु भएन ।

यसैगरी चाडपर्वको समयमा दुर्घटना बढ्ने पनि देखिन्छ, त्यसैले सडक सुरक्षामा पनि ध्यान दिन जरुरी छ । यसअघिका वर्ष दुर्घटना हुन नदिन सर्तक र सावधानी अपनाउनुपर्थ्यो भने यसपालि स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनुपर्ने भयो । कोरोना सङ्क्रमणको जोखिम कम गर्न सबैले आ–आफ्नो तर्फबाट प्रयास गर्न जरुरी छ ।

कार्तिक २ मा उज्यालोका लागि मल्लिका कार्कीले लिएको अन्तरवार्ता साभार

Previous Post

मोबाइल फोनका भ्रम र सत्य १ गोजीमा राख्दा बाँझोपन हुन्छ

Next Post

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ
अन्तरर्वार्ता

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’
अन्तरर्वार्ता

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे
अन्तरर्वार्ता

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

फिफा वर्ष खेलाडी को ?
अन्तरर्वार्ता

फिफा वर्ष खेलाडी को ?

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !
अन्तरर्वार्ता

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !

Next Post
कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?