• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तरर्वार्ता

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तरर्वार्ता
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरस संक्रमणदर नेपालमा पनि हरेक दिन बढ्दो क्रममा छ। पछिल्लो समयमा काठमाडौं उपत्यकाको संक्रमणदर उच्च छ। दसैं–तिहारजस्ता चाडपर्वका समयमा मानिसको चहलपहल पनि बढ्दो क्रममा छ। यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना संक्रमण नियन्त्रणका लागि के तयारी छ? अहिलेसम्म के–कस्ता काम भए? के कमजोरी भए ? लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरलसँग  गरिएको कुराकानी:

नेपालमा पछिल्लो समय कोरोना संक्रमण झन् बढ्दै छ। दसैं–तिहार लगायतका चाडपर्वमा संक्रमण बढ्ने सम्भावना कत्तिको छ? यो समयमा स्वास्थ्य मन्त्रालयले संक्रमण रोक्न र उपचारका लागि के तयारी गरेको छ?

काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढेको देखिन्छ। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाएको कारणले पनि होला। यसको अर्को कारण, उपत्यकामा संक्रमण समुदायमा गइसकेको अवस्था पनि हो।

अब डर र चिन्ताको विषय के भने उपत्यकामा जनसंख्या धेरै छ। साथसाथै यहाँ मानिसहरु बाहिरबाट आउने र जाने क्रम बढिरहेको छ। दसैंको समयमा उपत्यकाबाट झन्डै ५० प्रतिशत मानिस बाहिर जाने अनुमान छ। त्यस्तो हुँदा उपत्यकाबाट बाहिरिने संक्रमितले देशभर संक्रमण लैजान्छन् कि भन्ने ठूलो डर छ। अर्को, गाउँ गएका मानिस दसैंपछि फेरि राजधानी फर्कछन्। त्यो बेला फेरि यता फैलने डर हुन्छ।

त्यसैले अहिले हामीले परीक्षणको दायरा बढाएर जतिसक्यो छिटो १४ दिनभित्रै संक्रमित पत्ता लगाउन र आइसोलेसनमा राख्न सकिन्छ भन्ने रणनीतिमा काम गरिरहेका छौं। जसले उपत्यकामा देखिएको संक्रमण बढ्न नदिएर वा कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमितको पहिचान गर्न सकिए संक्रमण अन्य समुदायमा सर्दैन भन्ने हो। त्यही उद्देश्यले हामीले उपत्यका स्थानीय तहमा पिसिआर परीक्षणका लागि नमुना संकलन गर्ने व्यवस्था मिलाएका छौं।

अर्को पाटो भनेको सीमा क्षेत्रको हो। भारतको बिहार र उत्तरप्रदेशमा समेत संक्रमित बढेका छन्। खुला सिमाना भएका कारण पनि यहाँ व्यवस्थापनमा समस्या छ। मुख्य नाका बन्द भए पनि अन्य धेरै चोर बाटोबाट मानिसहरु किनमेलका लागि पारि जाने क्रम बढेको छ। चाडबाडको समयमा यहाँ थप चहलपहल हुनेछ। त्यसकारण ती क्षेत्रमा केन्द्रित कार्यक्रम बनाएर पनि मन्त्रालयले काम अगाडि बढाएको छ।
मन्त्रालयले यी दुवै पाटोलाई व्यवस्थापन गर्दै संक्रमण कम गर्न केन्द्रित भएको छ। यसका लागि केन्द्रीय मन्त्रालयको आधारले प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेका छौँ। त्यसबाहेक केन्द्रले परीक्षणको दायरा बढाउन पिसिआर मात्र नभई एन्टिजिन टेस्ट थालेका छौँ।

स्वास्थ्य मन्त्रालयले नेसनल टेस्टिङ गाइडलाइन परिमार्जन गर्दै परीक्षणको दायरा खुम्च्याएको छ। लक्षण नभएकाले संक्रमितले पो संक्रमण फैलाएका हुन् कि ?

लक्षण नभएका संक्रमितले अन्यलाई संक्रमण सार्न सक्छन् भन्ने कुरामा दुईमत छैन। राज्यले मात्र भन्दा पनि व्यक्ति आफैं पनि सचेत हुन आवश्यक छ। त्यसैले सबै व्यक्तिले म संक्रमित हुन सक्छु, अरुलाई सार्न सक्छु वा अरु व्यक्तिबाट म संक्रमित हुन सक्छुु, मलाई सार्न सक्छन् भनेर जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गर्नुपर्छ। मास्क, भौतिक दूरी र हातको सरसफाइ अनिवार्य र सही तरिकाले पालना गर्नुपर्छ। यो कुरालाई पालना गरेको खण्डमा मात्र संक्रमणलाई समुदायमा जानबाट रोक्न सकिन्छ।

परीक्षण नगरेर वा नभएर संक्रमण बढेको हो भन्ने होइन। सरकारले जनतालाई २ वटा विकल्प दिएको छ। आफूलाई शंका लागेका व्यक्तिले २ हजार तिरेर परीक्षण गरेर ढुक्क बन्न सुविधा दिएको छ। तर जो व्यक्तिलाई लक्षण देखिएको छ वा कन्ट्याक्ट टे«सिङमा परेको छ, उसको परीक्षण सरकारले निःशुल्क गरेकै छ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्ने सिफारिस गरेको थियो। संक्रमित त्योभन्दा धेरै माथि पुगिसकेका छन्, के अब पुनः लकडाउन हुन्छ ?

२५ हजारभन्दा बढी सक्रिय संक्रमित भएपछि नेपाल सरकारको स्वास्थ्य संस्था, जनशक्ति र उपचारले धान्न निकै गाह्रो हुन्छ। अहिले भइरहेको पनि छ। तर त्यो २५ हजारभन्दा बढी संक्रमित हुनेवित्तिकै लकडाउन गर्नुपर्छ भन्ने कुरा गलत हो। सरकारी पूर्वाधार र जनशक्तिले धान्न भने समस्या परेको पक्कै हो। त्यसैले यहाँ मल्टिसेक्टरल एप्रोज चाहिन्छ। अब निजी स्वास्थ्य संस्था र मेडिकल कलेजको सहकार्य चाहिन्छ भन्ने बुझ्नुपर्छ।

अब कोभिड र ननकोभिड छुट्याएर झन् हुँदैन। सबै बिरामीले उपचार सेवा पाउनुपर्छ। तर कोभिड बिरामी राख्ने संरचना भने फरक ठाउँमा हुनैपर्छ। अस्पतालमा जुनसुकै बिरामी आए पनि कोभिड हो भन्ने मानेर पहिले कोभिडको निक्र्योल गरेर पोजिटिभ भए त्यहीअनुसार जानुपर्छ। नेगेटिभ भएमा खुसी भएर अन्य उपचार सेवा दिएर पठाउनुपर्छ।

संक्रमित बढ्दै गएकाले आइसोलेसन विस्तारका लागि अब होटलहरुलाई भन्ने, पर्यटन मन्त्रालयले पनि बाहिरबाट आउने मानिसको व्यवस्थापन गरिदिने, प्रहरी प्रशासनले मानिसको चहलपहलमा नियन्त्रण गर्ने लगायतका सबै क्षेत्रले सहयोग र समन्वय गरेर अघि बढे मात्र संक्रमण नियन्त्रणमा आउँछ। त्यसैले चाडपर्वको समयमा स्वास्थ्य मन्त्रालय लकडाउन गर्ने पक्षमा छैन। हामीले लकडाउनका लागि भन्दा पनि भन्दैनौँ।

अहिले देशभर देखिएको कोरोना संक्रमणको अवस्था के हो? हामी कलस्टरकै अवस्था छौँ कि संक्रमण सामुदाय स्तरमा गइसकेको हो?

यसलाई दुई अर्थमा बुझौँ। कलस्टर संक्रमण भनेको पनि समुदायमा गएको हो तर सम्बन्धित समुदायमा मात्र छ भन्न खोजेको हो। हुम्ला, दार्चुला, मुगुमा छैन। तर देशभर देखिन थाल्यो। संक्रमण देखियो तर स्रोत पत्ता लागेन भने त्यसलाई संक्रमण समुदायमा गएको मानिन्छ। कलस्टर पनि झन्डैझन्डै समुदायमा गएको अवस्था हो। तर जहाँ घना वस्ती, मानिसको आवतजावत बढी छ, त्यस्तो ठाउँमा मात्र धेरै देखिएको छ।

काठमाडौं उपत्यकाभित्र संक्रमण समुदाय स्तरमा फैलिएको छ। यहाँ कसलाई भएको छ, कसलाई छैन थाहा छैन किनभने उपत्यकाका २० प्रतिशतभन्दा बढी केसमा ट्राभल हिस्ट्री र कन्ट्याक्ट पनि भेटिरहेका छैनौँ। त्यसले गर्दा गाह्रो छ। सम्बन्धित समुदायमा छ तर देशभरको समुदायमा भने संक्रमण नगएको भन्ने मात्र हो।

दुई पटकसम्मको लकडाउनमा संक्रमण घट्नुपर्नेमा झन् बढेको देखिन्छ। नियन्त्रण गर्ने क्रममा अपनाइएका नीतिमा के कमजोरी भए?

स्वास्थ्य मन्त्रालयले त्यसलाई दुईतिरबाटै हेरेको छ। स्वास्थ्य मन्त्रालयतिरबाट हेर्ने हो भने अलि छिटो लकडाउन गर्‍यौँ भन्ने भयो। पहिलो लकडाउन गरिसकेपछि त्यो समयमा जति तयारी र व्यवस्थापन गर्नुपर्ने हो त्यो काम गर्न सकेनौँ।

हुनतः हामीले परीक्षण, आइसियु, भेन्टिलेटरको संख्या बढाएका छौं। तर त्यो अलि ढिलो भएको भने हो। किनकि अन्तर्राष्ट्रिय बजारमा नै सामान अभाव भएका बेला हामीले पनि पाउन समस्या भयो। त्यसमा पनि धेरै लगभग ६० प्रतिशत बाहिरबाट अरुले दिएको डोनेसन नै छ।

पहिलो कमजोरी त्यो भने पनि बीचमा लकडाउन खोल्यौँ, त्यो दोस्रो कमजोरी भयो। हामीले खोलिहाल्नुपर्ने थिएन तर खोलेपछि जनता पनि कोरोना सकिएकै जस्तो गरी खुसी हुनुपर्ने अवस्था थिएन। काठमाडौं उपत्यकामा संख्या बढ्नुको कारण एउटा त्यो पनि हो। अहिले पनि सवारीमा जोरबिजोर त लागू नै छ। तर बाटोमा हेर्न हो भने सबै सवारी साधन गुडेका छन्। सरकारले भनेको कुरा त जनताले नै मानेका छैनन्। मोटरबाइक मात्र होइन, सार्वजनिक सवारी साधन र निजी साधनले पनि पालना गरेको देखिँदैन।

त्यसबाहेक, युट्युब र सामाजिक सञ्जालबाट कोरोना केही होइन, बेसारपानी खाए निको हुन्छ लगायतका कुरा बाहिर जाँदा पनि असर पर्‍यो। लकडाउन सकियो भनेर जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण ह्वात्तै बढ्यो। संक्रमण अझै नियन्त्रणभन्दा बाहिर जान लागेको अवस्था छ तर गइसकेको छैन। त्यसका लागि अझै काम गर्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाममा आशातीत काम गर्न सकेन भन्ने गुनासो छ नि?

बाहिरबाट भन्दा जे पनि सजिलो हुन्छ। तर स्वास्थ्य मन्त्रालयभित्र बसेर हामीले काम गरिरहेका छौँ। अब हामीले हेर्ने हो भने दैनिक १५ हजारभन्दा बढी पिसिआर भइरहेको छ। नेपालको ३ करोडको जनसंख्यालाई दिनको १४/१५ हजार परीक्षण चाहिने कि नचाहिने?

बाहिरी देशको परीक्षण र हाम्रो देशको परीक्षण हेर्दा १५ हजार परीक्षण राम्रोमा नै पर्छ। कुन अवस्थाबाट आजको ६ महिनाको अवस्था आइपुगेका छौँ भन्ने पनि हेर्नुपर्छ। कोरोना संक्रमणको कुन भय थियो, अहिले कहाँ पुग्यो भन्ने पनि हेर्नुपर्‍यो। अहिले बाहिर जसरी सजिलै निस्किरहेका छन्, आजभन्दा पाँच महिनाअघि निस्कन गाह्रो थियो। हामीले अहिले जनस्वास्थ्यको मापदण्ड पालना गरेर ड्युटी गरिरहेका छौँ। के बुझ्न थालियो भने, कोरोनाप्रतिको भय कम त भयो, अर्को कोरोनासँगै बाँच्न सिक्नुपर्छ भन्ने पनि भयो।

तर, बाँच्न सिक्दासिक्दै पनि संक्रमण त भएको छ। कोरोना संक्रमण भएकाको उपचार गर्नुपर्छ भन्नेतिर हामी गयौँ अब। त्यसै भएर, बाहिर ननिस्कने, घरमै बस्ने क्रम छुटेर सबै कुरा खुलेको स्थिति छ।

हामीले आइसियु, भेन्टिलेटरका बिरामी बचाएका छौँ। प्रयास गर्दागर्दै पनि मृत्यु भएको छ। तर अन्यत्र देशको तुलनामा नेपालमा भएको मृत्यु कम हो। आइसोलेसनको सख्ंया बढाएका छौँ। उपत्यकामा हामीले आइसोलेसन बढाउन एकदमै ढिला गर्‍यौं। पहिला हाम्रो मल्टिसेक्टरल एप्रोच कोअर्डिनेसनको कमी भयो। मन्त्रालयले एउटा, पालिकाले एउटा भन्ने, गृह मन्त्रालय एउटा भन्ने र पर्यटनले एउटा कुरा भन्ने भएपछि त्यसलाई कोअर्डिनेसन गर्न सकेनौँ सुरुका दिनमा। त्यसैले उपत्यकामा आइसोलेसन सेन्टर कम बने। अहिलेको अवस्थाबारे भन्ने हो भने, सबै पक्षको सहयोगमा आइसोलेसन सेन्टर धमाधम बनेका छा्। उपत्यकामा अहिले ३ हजार बढी बेडको आइसोलेसन छ। नपुग्न सक्छ भनेर निजीसँग पनि सहकार्य गरी अहिले १० हजार बढी बेडको आइसोलेसन छ।

अर्को कुरा भनेको हामीले ट्रिटमेन्ट सेन्टर बढाएका छौँ। प्रदेश १ देखि ७ सम्मका अस्पतालमा हेर्नुहोस, हामीले बेड, आइसियु, भेन्टिलेटर लगायत उपकरण थपेका छौँ।

हो, पहिलो पटक सबै नयाँ थियो। कतिपय कुरा गर्न खोजेर पनि जानिएन। अलमल भयो। काम चाहिँ भयो तर जुन गतिमा चुस्तदुरुस्त हुनुपर्ने थियो, त्यति हुन सकेन। धेरै द्विविधा भयो। यो बनाउन पर्छ, पर्दैन भन्ने भयो। अहिले एउटा अवस्था आएको छ। कोरोनापछि स्वास्थ्य क्षेत्रको ५० प्रतिशत विकास भएको देख्नुहुन्छ। अहिले ती काम देखिएका छैनन्। भौतिक संरचना निकै थपिएको छ। कोरोनापछि अहिले थपिएका आइसियु, भेन्टिलेटर, अस्पतालका पछि पनि काम लाग्छन्। त्यो ठूलो कुरा हो।

स्वास्थ्य मन्त्रालयले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पटकपटक मनोबल घटाउने काम गरेको गुनासो छ नि?

कुनैकुनै निर्णयमा सुरुका दिनमा कमजोरी भए होलान्। उपचार सामग्री, जोखिम भत्ता, पिपिई लगायतका कुरा, फ्रन्टलाइन खटिएका कर्मचारीको उपचारका कुरामा पुर्‍याउन सकेनौँ। तर त्यो समयमा अन्तर्राष्ट्रिय बजारमा पनि अभाव भएको अवस्था थियो।

पछिल्लो समयमा आइसियुमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले राम्ररी नै काम गर्नुभएको छ। महामारीको समयमा आवश्यक सामग्री नपाउँदा मनोबल गिर्नु स्वभाविक हो। मैले यत्रो काम गरेको छु भनेर भनेको जस्तो नहुँदा मन दुख्छ। तर मन्त्रालयले नियतबस मनोबल गिराउने काम गरेको छैन, गर्दैन पनि।

सोही समयमा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले गरेको अपहेलना पनि थपियो। अहिले धेरै सुधार भएको छ तर अझै पनि कतै यस्तो व्यवहार भएको कुरा आइरहेको छ। स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ मिलेर पनि त्यसमा काम गरेका छन्।

नबुझेको कुरा के भने, जनताले गलत बुझेर गाह्रो भएको हो। महामारी त हराएर जान्छ, स्वास्थ्यकर्मी सधैं चाहिन्छ। पछि उपचार गर्ने फेरि यिनै स्वास्थ्यकर्मी हुन् भन्ने मनन गरौं।

हामीले स्वास्थ्यकर्मीलाई सावधानीपूर्वक काम गर्न भनेका छौं। उहाँहरु पहिले सुरक्षित भए मात्र अरुले सेवा पाउँछन्। यतातिर हामी केन्द्रित छौं। स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई भनेका बिमा, उपचार गर्ने कुरा, भत्ता, र परिवारलाई के गर्नुपर्ने हो त्यो पूरा गर्न लागेका छौँ। उहाँहरुको सुरक्षा र हकअधिकारको लागि मन्त्रालय कटिवद्ध छ।

कोरोना नियन्त्रण र व्यवस्थापनमा अहिलेसम्म गरेका कामका आधारमा मन्त्रालयले केके कुरा सिक्यो? आगामी दिनमा अब कसरी अगाडि बढ्छ मन्त्रालय?
स्वास्थ्य मन्त्रालयले यो बीचमा धेरै कुरा सिकेको छ। यो महामारीसँग जुध्नै पर्छ, जित्नैपर्छ। त्यसैले हामी लागेका पनि छौँ। त्यही भएर कोरोना नियन्त्रणका लागि दीर्घकालीन व्यवस्थापनमा मन्त्रालय लागेको छ। त्यसका लागि खरिद, व्यवस्थापन, आपूर्तिका कुराहरुमा हामी गम्भीरतापूर्वक लागेका छौँ। अहिले देशभर सामग्रीको अभाव छैन। बीचमा किट, रिएजेन्टहरुको अभाव भएका कुराहरु आइरहेका थिए। तर अहिले त्यो समस्या छैन। विगतका कमजोरीबाट पाठ सिक्दै सुधारका काममा मन्त्रालय लागेको छ।

तर, संक्रमणको एउटा फेज त आउँछ नै। नेपालमा अझै संक्रमण एकदमै बढेर जान्छ। त्यसैले हामीले मंसिर मध्यसम्म नेपालको कुल संक्रमितको सख्या १ लाख ८० हजार पुग्न भन्ने छ। तर त्यो समयमा सक्रिय संक्रमित ५ देखि ७ हजार मात्र हुन्छन् भन्ने अनुमान गरेका छौँ। त्यसो भयो भने हामीले संक्रमण नियन्त्रण गर्न सक्छौँ भनेर अहिले नै आवश्यक सबै लजिस्टिकहरुको व्यवस्थापनका लागि मन्त्रालय छलफल गर्दै अघि बढेको छ।

यो सुरुको फेज हो। त्यसैले आत्तिइहाल्ने भन्दा पनि स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गरियो भने यो संक्रमणलाई विस्तारै जित्न सकिन्छ।

Previous Post

यि हुन् दशैमा समेत माछा मासु नखाने चर्चिक कलाकार

Next Post

‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’
अन्तरर्वार्ता

‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे
अन्तरर्वार्ता

कसैले कसैलाई एसिड आक्रमण नगरून् भन्ने उद्देश्यले नै ऐन आएको हो : मन्त्री तुम्बाहाम्फे

‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’
अन्तरर्वार्ता

‘यातायात व्यवसायीले यात्रुलाई सेवा दिनुपर्छ, नाफा मात्रै खोजेर हुँदैन’

फिफा वर्ष खेलाडी को ?
अन्तरर्वार्ता

फिफा वर्ष खेलाडी को ?

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !
अन्तरर्वार्ता

एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता !

Next Post
‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ

‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?