• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

‘गोजीमा दाम छैन’ : खल्लो भयो पत्रकारको दसैँ

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in हेडलाईन
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ काठमाडौं । ‘फूलपातीको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार/कर्मचारीहरुलाई बडा दसैँ नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम् अपमान भएको महासंघ ठान्छ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ,’ फूलपातीको अघिल्लो दिन अर्थात् कात्तिक ६ गते नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको वाक्य हो यो ।

पत्रकारहरुको छाता संगठनका रुपमा रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेखित यो वाक्यले नै श्रमजीवी पत्रकारहरुको दसैँ कस्तो रह्यो होला भन्ने अनुमान गर्न सकिन्छ । कोरोना महामारीका कारण कतिपय मिडिया हाउसले पत्रकारलाई निकाल्ने, बेतलबी बिदा बस्न बाध्य पार्ने, तलब कटौतीगर्ने जस्ता काम गरेको हुनाले थुप्रै पत्रकार पीडित बनेका छन् । महासंघलगायत अन्य संघ संस्थाहरुले यसका लागि संघर्ष पनि गरिरहेका छन् । अर्कोतिर सेवामै रहेका कतिपय पत्रकारलाई मिडिया हाउसले दसैँको बेला पनि तलब नदिएर पत्रकारको दसैँ खल्लो बनाएको छ ।

तलब नपाएर आन्दोलनमा उत्रिएका कारोबार दैनिकका पत्रकार किरण आचार्यले मिडिया मालिकका कारण यसपटकको दसैँ खल्लो भएको बताए । दसैँ पेश्की त टाढाको कुरा हो, तलब नै दिएका छैनन्, तपाई आफै विचार गर्नुस् हाम्रो दसैँ कस्तो भएको होला,’ उनले भने, ‘म मात्र होइन, यस्ता थुप्रै पत्रकार छन् जसले न तलब पाएका छन्, न दशैं पेश्की । उसको दसैँ कस्तो भएको होला सहजै बुझ्न सकिन्छ ।’उनी अगाडि भन्छन्, ‘हाम्रै श्रमबाट कमाएको पैसाले मिडिया हाउसका मालिकहरुले त राम्ररी दसैँ मनाइरहेका होलान्, तर हामीले भने आफ्नो मेहनतको पारिश्रमिक पनि पाउन सकेनौँ ।’

महासंघले दबाबपूर्वक बिदामा राखिएका लगायतका सबै श्रमजीवी पत्रकार, कामदार/कार्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दसैँ खर्चलगायतका सेवा सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्य भन्छन्, ‘यसपालीको दसैँ पत्रकारका लागि खल्लो हुने भयो । एक त कोरोनाका कारण खल्लो थियो भने त्यसमा पनि कतिपय पत्रकारले यो दसैँको बेलासमेत तलब पाएका छैनन्, न दसैँ खर्च पाएका छन्, त्यसले गर्दा झनै खल्लो भएको छ ।’

पछिल्लो समय राजधानी दैनिक, कारोबार दैनिक र अन्नपूर्णपोस्टमा मुख्य समस्या देखिएको उनले बताए । अन्नपूर्ण पोस्टमा चैतदेखि हालसम्म ५० प्रतिशत तलबमात्र दिएको छ भने पाँचजना पत्रकारको तलब नै दिइएको छैन । कारोबार दैनिकमा दसैँको मुखमा आएर दुईजना पत्रकारलाई निस्काशित गरेको छ भने त्यहाँ कार्यरत पत्रकारमध्ये केहीले तलब पाएका छन्, कसैलाई दसैँ खर्चमात्र दिइएको छ । त्यही भएर यसपालीको दसैँ पत्रकारका लागि रमाइलो नभएको उनले बताए ।

महासंघका अध्यक्ष आचार्यले दसैँ मनाउने रौनकसमेत नभएको बताए । आफू घरपरिवारसँग घरमै बसेर दसैँ मनाउने उनको भनाइ छ । ‘कोरोनाका कारण अरुको घरमा जाने, साथीभाइ भेट्ने, रमाइलो गर्ने कार्य हुँदैन,’ उनले भने, ‘परिवारमा सीमित भएर सतर्कतापूर्वक ढंगले दसैँ मनाउने योजना छ ।’

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले दसैँको मुखमा पत्रकारहरुले पाउनु पर्ने तलब तथा पेश्की नदिनु दुखद भएको बताए । पत्रकारका लागि पनि चाडपर्व आएको हो भन्ने कुरा मिडियाका मालिकहरुले बुझ्नुपर्ने बताउँदै उनले कोरोनामा हरेक क्षेत्र, हरेक व्यक्ति प्रभावित भए पनि सबभन्दा बढी पत्रकार प्रभावित भएको जनाए ।

‘वर्षभरी काम गर्यो, दसैँमा तलब र दसैँ खर्च देला भन्ने आश गर्यो तर अहिले खाली हात पठाएपछि पत्रकारको अवस्था कस्तो होला, कल्पना गर्नुस् त,’ उनले भने, ‘पत्रकारहरु अहिले मारमा परेका छन् ।’

यो अवस्थामा पनि पत्रकारले आफ्नो दायित्व पुरा गरिरहेको उनको भनाइ छ । ‘कतिपय ठाउँमा ६–७ महिनादेखि तलब दिएको छैन,’ उनले भने, ‘तैपनि देलान् भन्ने आशमा उनीहरुले काम गरिरहे, तर दसैँ जस्तो चाडमा पनि खाली हात पठाएकोमा दुःख लागेको छ ।’

उनले आफ्नो दसैँ घर–परिवारका साथ सीमित रहने बताए । कोरोना महामारीका कारण आफन्तकोमा जाने, साथीभाइ भेट्ने गतिविधि नहुने भएकाले घरमै परिवारका साथ साधारण तरिकाले दसैँ मनाउने उनको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ दुःख परेको बेलामा मिडिया हाउसका मालिकले श्रमजीवी पत्रकारहरुलाई साथ दिनुपर्ने खाँचो औँल्याउँछन् ।

उनले भने, ‘मैले आफ्नो पत्रिकामा यो कोरोनाको समयमा पत्रकार तथा कर्मचारीलाई तलब बढाएरै दिएको छु । काम गरेको÷नगरेको सबै समयको तलब मिलाएर दिएको छु ।’

कुनै पनि मिडिया हाउसले आफ्नो संस्थामा काम गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई सन्तानसरह व्यवहार गर्नुपर्ने उनको भनाइ छ । ‘भोकमरी लाग्यो भने पनि अभिभावकले आफू भोकै रहेर पनि सन्तानको पेट भर्ने गर्छन्,’ उनले भने, ‘अहिलेको प्रतिकुल अवस्थामा मिडिया हाउसले आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा पत्रकारलाई त्यस्तै व्यवहार गर्नुपर्छ ।’

महामारी आउनु अघि तिनै पत्रकारको मेहनतबाट मिडिया हाउसले नाफा कमाउने अनि अहिले महामारी आयो भन्दैमा उनीहरुलाई भोकै बस्नुपर्ने अवस्थामा पु¥याउनु उचित नहुने उनको भनाइ छ ।

‘आफ्ना मिडिया हाउसमा काम गर्ने पत्रकारहरुलाई आफ्नै छोराछोरी जस्तै सोच्न म मिडिया हाउसका मालिकहरुलाई आग्रह गर्दछु,’ उनले भने ।

कोरोनाका कारण जमघट गर्न नहुने, साथी भाइसँग मिलेर दसैँ मनाउन नहुने भएकाले घरमै बसेर दसैँ मनाउने सोच बनाएको उनले बताए । आफू प्रेस काउन्सिलमा लामो समय बसेर काम गरेको हुँदा यताका आफ्ना थुप्रै निजी काम बाँकी रहेको, दसैँको अवधिमा त्यसलाई पुरा गर्ने, पुराना लेखहरु तथा पुस्तकहरु पढ्ने सोच बनाएको उनले बताए ।

‘दसैँमा परिवारसामु मुख देखाउन पनि गाह्रो भयो,’ अन्नपूर्ण पोस्टका एक पत्रकारले भने, ‘चैतदेखि आधा–आधा तलब दिइरहेको थियो, दसैँमा पुरा तलब देला भन्ने आशमा काम गर्दै आइरहेका थियौँ तर दसैँको मुखमा पनि आधामात्र तलब दिएको छ ।’

तलब आधामात्र पाउन थालेपछि घरखर्च चलाउनसमेत ऋण लिनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले भने, ‘दसैँमा तलब आएपछि सबै तिरौँला भन्ने सोचेको थिएँ, तर सबै उल्टो भयो । आएको तलबले न घरभाडा तिर्न सकिन्छ न छोराछोरीलाई एकसरो लुगा किन्न सकिन्छ । अब त घरपरिवारलाई मुख देखाउन पनि लाज लाग्न थालेको छ ।’

एबीसी टेलिभिजनमा कार्यरत पत्रकार अनन्त अनुराग दसैँ मनाउनका लागि आफ्नो गृह जिल्ला पुगेका छन् । उनी भन्छन्, ‘म जहाँ भए पनि दसैँमा घर नै आउँछु, कामको सिलसिलामा बाहिर पुगेका साथीभाइ, इष्टमित्र आफन्तहरु दसैँको बेला घर आएका हुन्छन्, उनीहरुसँग भेटघाट गर्नुको साथै परिवारसँग दसैँ मनाउनुको छुट्टैै आनन्द छ ।’ कोरोना महामारीबाट बच्न सचेत भएर दसैँ मनाउने उनको भनाइ छ ।

रातो पाटीले समाचार प्रकाशन गरेको छ ।

Tags: पत्रकार र दशै
Previous Post

दसैंमा गाउँ गएका मानिस फर्केपछि संक्रमण थप फैलने डर हुन्छ

Next Post

शुक्लागण्डकी नगरपालिकामा थपिए ९ संक्रमित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
शुक्लागण्डकी नगरपालिकामा थपिए ९ संक्रमित

शुक्लागण्डकी नगरपालिकामा थपिए ९ संक्रमित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?