• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

Lekhnath Khabar by Lekhnath Khabar
September 5, 2024
in समाचार, समाज, स्थानीय, हेडलाईन
0
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

भीमपाणि बराल

लेखनाथ, २० भदौ । गण्डकी प्रदेश सरकार मातहत पोखरा महानगरपालिका वडा नं ३० मा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ ।

लेखनाथको मोहोरियामा स्थानियहरुले आफ्नो ठाउमा अस्पताल निर्माण गरेर सर्वसुलभ तरिकाले उपचार सेवा पाउन सकिन्छ भनि वि स २०६० सालमा मुठि दान देखि सर्वोस्व दान गरेर निर्माण गरिएको सामुदायिक लायन्स अस्पताल वि स २०७७ साउन ६ गते देखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकुल परिस्कृत गरि थप नयाँ सेवावाट जनतालाई सेवा दिन थालेको हो ।

यसैविच अस्पतालले यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ सस्था,राजनितीक पाटीका प्रतिनिधी र सरोकारवालका विच छलफल तथा बिचार विमर्श कार्यक्रम मार्फत अस्पतालले प्रदान गर्ने सेवा सुविधा र चालु आर्थीक वर्षमा गरिने भावी योजनाका बारेमा सुझाब संकलन गरेको छ ।

प्रदेश सरकार मातहतमा अस्पताल संचालन हुन थाले पछि यहाँबाट दैनिक रुपमा ७०/८० जना विरामीहरुले विभिन्न किसिमका सेवाहरु लिदै आएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिएका छन् । उनका अनुसार विरामीहरुलाई उपचारका सहि विधी र विरामीको मन जित्न सक्ने गरि चौविसै घण्टा करिव ८०/८५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आएको उनको भनाई छ ।

अस्पतालले गुणस्तर प्रविधिको प्रयोग गरि जनरल,बहिरंग, अन्तरंग,आकस्मिक, प्रयोगशाला सेवा, फार्मेशी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, कोभिड खोप सेवा, हेमो डायालोसिस, स्वास्थ्य विमा कार्यक्रम लगाएत १० वर्ष मुनिका वाल वालिका,गरिव तथा ६० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पताल संचालन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले स्वास्थ मन्त्रालयको सहकार्यमा निकट भविष्यमा निर्माणाधिन नयाँ भवनमा सय सैयाको सुविधा सम्पन्न अस्पताल तयार गरि अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना वनाएर स्वास्थ्य सेवालाई प्रभावकारी वनाउने योजना रहेको वताएका थिए । साथै उनले जनस्तरबाट आएका सुझावलाई लिपिवद्ध गरि प्रतिवेदनका रुपमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी गराएका थिए ।

अस्पताल विकास समितिका सदस्य मेजर रामप्रसाद गुरुङले धन्यवाद सहित उठेका जिज्ञासा र सुझावका बारेमा प्रकाश पारेका थिए भने प्रशासन प्रमुख लक्ष्मी प्रसाद पौडेलले अस्पतालले प्रदान गर्दै आएका सेवा र सुविधाको प्रचार प्रसार नहुदा पनि विरामीहरुले वाहिर वाहिर महंगोमा उपचार गर्न वाध्य भएकाले जनस्तरबाट अस्पतालले प्रदान गर्ने सेवाका बारेमा सवै जनाले बुझ्नु आवस्यक रहेको बताएका थिए ।

Previous Post

मैत्रीपुर्ण फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लव अफ लेखनाथलाई

Next Post

२५ औं आदर्श कप मंसिर २२ देखि २९ सम्म

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
२५ औं आदर्श कप मंसिर २२ देखि २९ सम्म

२५ औं आदर्श कप मंसिर २२ देखि २९ सम्म

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?