चैत्र १७, पोखरा ।
पोखरामा माईक्रो बसको ठक्कर बाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४५ वर्षका सूर्य थकाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराको न्यूरोडस्थित भाटभटेनी नजिकै ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी चालक र माइक्रो बसलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो ।
Discussion about this post