• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सिस्टेनी मेला २०७९ सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
April 1, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, चैत्र १८ । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले आयोेजना गरेको सिस्टेनी मेला २०७९ शनिबार सम्पन्न भएको छ । चैत १५ गतेदेखि शुरु भएको मेला १७ गते समापन गर्ने आयोजकको योजना भएता पनि शुक्रबार दिउँसो परेको हावा हुरीसहितको पानीका कारण मेलाको मिति १ दिन पछि धकेलिएको थियो ।

शनिबार सम्म सञ्चालन भएको मेलाको समापन गर्दै रुपा गाउँपालीकाका अध्यक्ष नवराज ओझाले विगत देखीको ईतिहास बोकेको मेलालाई पुन सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता मेला महोत्सवहरु सञ्चालन गर्नका लागी रुपातालको छेउमा उचित ठाउँको व्यवस्थापन गर्ने योजनामा गाउँपालिका रहेको वताएका थिए ।

यस्तै रुपा गाउँपालिका वडा नं. ६ का अध्यक्ष नारायण गुरुङले यस्ता मेला महोत्सवहरुको आयोजनाले स्थानिय कला संस्कृतिको जर्गेना हुनुका साथै पर्यटकिय क्षेत्रका रुपमा प्रर्वद्धन गर्न पनि फलदायी हुने वताएका थिए । कार्यक्रममा पोखरा महानगरालिका वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्किले मेलालाई वडाको तर्फबाट सदैव साथ सहयोग र सर्मथन रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मेलामा विभिन्न स्थानिय उत्पादनहरुको बिक्रि वितरण भएको र अवलोकन गर्न आउने दर्शकहरुको उपस्थीती र सहयोगदाताहरुको सहयोगले मेला सोचेको भन्दा पनि सफल भएको र यसलाई आगामी दिनहरुमा मेलालाई अझै व्यवस्थीत रुपमा सञ्चालन गर्ने हौसला मिलेको शान्ति रुपमा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले वताए ।

मेलाको मुख्य आर्कषणको रुपमा आयोजित साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी ध्रुवतारा युवा क्लब रुपा–६ भिरचोक ले हात पारेको छ भने अन्नपुर्ण क्लब शुक्लागण्डकी कोत्रे उप–विजेतामै सिमित बन्न पुगेको छ । प्रतियोगितामा अन्नपुर्ण क्लव रुपा–५ बिमिरेले तृतीय स्थान हासिल गर्न सफल भएको खेल संयोजक रमेश गुरुङले जानकारी दिए ।

यस्तै प्रतियोगिताको बेस्ट प्लेयरको उपाधि धु्रवतारा क्लबका भुपेन गुरुङले हात पारेका छन भने बेस्ट लिब्रोमा शान्तिरुपा बराहथोक तमु युवा परिवारका अमन गुरुङ, बेस्ट लिफ्टरमा धु्रवताराकै बलराम गुरुङ, बेस्ट ब्लकरमा धु्रवताराका मन्जुर मिया, बेस्ट सटरमा अन्नपुर्ण युवा क्लव कोत्रेका रबि गुरुङ र बेस्ट सर्भरमा पनि अन्नपुर्ण युवा क्लव कोत्रेका हेलन गुरुङ हुन सफल भएका छन ।

प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सर्भिस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार प्रदान गरिएको परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले जानकारी दिए ।

मेलामा आयोजित छेलो प्रतियोगितामा रुपा–६ भंगाराका कमल आले, रस्साकस्सीमा शान्तिरुपा बराहथोक तमु समाज, भाले प्रतियोगितामा पोखरा–३२ बडहरेका सुजन परियार उत्कृष्ट हुन सफल भएका छन । भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको थियो भने रस्साकस्सी प्रतियोगिताका विजेतालाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए ।

विभिन्न खेलकुदका कार्यक्रमहरुसँगै मेलामा ठाडो भाकाका गायक गायिकाहरु धम्पु दुरा, सिता दुरा र उनीहरुको टिम, कलाकार अनुष्का गुरुङ र विभिन्न स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो ।

मेलाका मुल संयोजक क्या. बुद्धि बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उपाध्यक्ष बिमला गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सिमा थापा र मिलन खड्काले गरेका थिए ।

Previous Post

पोखरामा माइक्रोबस आतंक : एक जनाको मृत्यु

Next Post

स्थानीयद्धारा ‘तालचोक-बेगनासताल’ सडक मर्मत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्थानीयद्धारा ‘तालचोक-बेगनासताल’ सडक मर्मत

स्थानीयद्धारा 'तालचोक-बेगनासताल' सडक मर्मत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?