लेखनाथ, १३ चैत्र । पोखरा महानगरपालीका वडा नं. ३० स्थित न्यू लेखनाथ पब्लिक एकेडेमीमा विक्तिय साक्षरताका लागी जनचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
एन आई सी एशिया बैंक तालचोक शाखाले विश्व वित्तीय सप्ताहको अवसरमा विद्यालयको कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा एन आई सी एशिया बैंक तालचोक शाखाका प्रमुख सन्तोष अर्यालले एस आई पी सम्बन्धी विषयमा र सम्बन्ध व्यबस्थापक सञ्जय बाँस्तोलाले बैकिङ्ग शिक्षा सम्बन्धमा सहजीकरण गरेका थिए भने बिन्दु ढकाल र सरिता सापकोटाले आफ्नो बैंकिङ अनभुवहरु साटासाट गरेका थिए ।
उक्त अवसरमा विद्यालयका प्रिन्सीपल ऋषिकान्त मरासिनीले विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्नु पर्ने र विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञानले विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने वताउँदै धन्यवाद व्यक्त गरेका थिए ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विक मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
Discussion about this post