सचिन रानाभाट
लेखनाथ १०, साउन –
लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १४ औं महाधिवेशन भदौको २२ र २३ मा हुने भएको छ। संघले नयाँ नेतृत्व पाउने महाधिवेशन नजिकिदै गर्दा व्यबसायी हरु बिच दैनिक जसो एक खाले आंकलन भईरहेको छ।
यसपटक पनि संस्थापन पक्षकै सिण्डीकेट र पाइप लाइनकै उम्मेदवारहरु चुनावी मैदानमा देखिदैछन् । वर्तमान कार्यसमितिका पदाधिकारीहरुको एक तह वढुवा जस्तै हुने गरी उम्मेदवारको चर्चा रहेको छ ।
यता अनौठो के छ भने पाइपलाईन अनुसार अध्यक्षका मुख्य दावेदार मानिएका वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ संग अन्य ५ जना अध्यक्षको मैदानमा भाग लिन आकांक्षी देखिएका छन्। संघमा लामो समय सम्म कार्यसमिति पदमा रही काम गरेका पूर्व महासचिव भरतकुमार अधिकारी, पूर्व कार्यसमिति सदस्य धीरजकुमार श्रेष्ठ, सल्लाहकार दयाराम तिवारी, वरिष्ठ उदघोषक नेत्रपाणि बास्तोला र शैलेन्द्रमोहन भट्टराईले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् ।
त्यस्तै एक तह माथि उक्लदै क्रमश: वर्तमान प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् भने यता प्रथम उपाध्यक्ष पदमा वर्तमान द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला तथा वर्तमान महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले उम्मेद्वारी दिने श्रोत ले बताएको छ।
यता महासचिव पदमा भने बर्तमान उपमहासचिव जानुका पराजुली अधिकारीले एक तह माथि उठ्दै आफ्नो उमेदवारी घोषणा गरेकी छन् । महासचिव पदमै बर्तमान कार्यसमिति सदस्य समेत रहेका जीवन तिवारीले दावी प्रस्तुत गरेका छन्।
उपमहासचिव पदमा वर्तमान कोषाध्यक्ष भरतराज ओझा, रामजी पौडेल र भीमबहादुर नेपाली ‘काइँला’ ले उम्मेदवारी दिने भएका छन्। १३ औं महाधिवेशनमा रामजी पौडेल लाई अन्तिम समयमा समर्थन गरेका काईला यसपाली चुनावी प्रतिष्पर्धा नै गर्ने मुडमा देखिन्छन। त्यस्तै कोषाध्यक्ष पदमा बर्तमान कार्यसमितिका सदस्य ध्रुवबाबु भट्टराई र पुष्पमणि भण्डारीले दावी प्रस्तुत गरेका छन्।
यता खुला सदस्य पदमा हालसम्म दावेदारी प्रस्तुत गर्नेहरुमा अर्जुन भण्डारी, झलक पौडेल, सूर्यप्रकाश ढुंगाना, जनक तिवारी, घनश्याम ढुंगाना, दीपक अधिकारी, असित सुवेदी, बालकृष्ण तिवारी, राजन बडगामी, वीरेन्द्र भुर्तेल, एलपी ढुंगाना, भबिन पुन, रोशन अधिकारी, सन्तोष सुवेदी, खेम गुरुङ, टीकाराम सापकोटा रहेका छन्।
Discussion about this post