सचिन रानाभाट
लेखनाथ, ९ साउन – निर्माण सम्पन्न नहुदै लच्किएको १७ महिना बिति सक्दा पनि पोखरा ३२ र पोखरा ३३ जोड्ने लामगादीको पुल पुनःनिर्माण हुन सकेको छैन।
निर्माण सम्पन्न भई परीक्षणका लागि टेको निकाल्ने क्रममा २०७८ माघमा लच्किएको पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सन प्रालिले पाएको थियो । यता निर्माण कम्पनीले विभागबाट सम्झौता रकमको ६० प्रतिशत भुक्तानी पाएको श्रोतले बतायो।
कुल ६० टन भार क्षमताको उक्त पुल पूर्वाधार विकास विभागले ७ करोड लागतमा इलाइट कन्स्ट्रक्सनलाई निर्माण को जिम्मा दिएको थियो।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की भन्छन – ‘निर्माण कम्पनीलाई हामिले अर्को पुल निर्माण गर्न दवाब दिईरहेका छौ।’ अलपत्र जस्तै बनेको यो पुल अब कुनै काम नभएको उनि बताउछन।
पोखरा महानगरपालिका वडा नं ३१, ३२ र ३३ संगै कास्की, स्यांगजा र तनहुँ जोड्ने यस पुल अलपत्र परेपछि यस क्षेत्रका स्थानीयहरु विकल्पको पर्खाइमा रहेका छन् ।
Discussion about this post