• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home विचार/ब्लग

विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको मनोरम रुपा

Lekhnath Khabar by Lekhnath Khabar
July 25, 2023
in विचार/ब्लग, समाचार, समाज
0
0
SHARES
335
VIEWS
Share on FacebookShare on Twitter

रुपा गाउँपालिकामा ७ वडा छन । गाउँपालिकाको केन्द्र भिरचोक , रुपा ६ मा रहेको छ ।  घरधुरि ३७८० छन भने क्षेत्रफल ९५दशमलव  ७७ वर्ग किमी० रहेको छ ।
रूपाकोट गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित गाँउ पालिका हो।  वराह मन्दिर, चिसापानी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल  छन भने वराहथोक कोट, भिरचोक कोट, चिसापानी, मोहोरिया , थुम्की, देउराली, हंसपुर, रूपाताल आदि यहाँका  पर्यटकीय स्थलहरू हुन। ७०० रुपाकोट काला भैरब र चिसापानीदेवी यहॉंको प्रमुख तिर्थस्थल हुन्। यहॉं विभिन्न जातजातिको बसोबास रहेको छ।ब्राम्हण , क्षत्री, गुरुगं, मगर, मियॉं, नेवार, दलित समुदाय आदी यहॉंका मुख्य बासिन्दा हुन्। रुपा  जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली, सिद्ध गाविसहरुका सवै र हंसपुर गाविसका अधिकांस भुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित क्षेत्रफल तथा जनसंख्याका हिसावले सानो, भुवनोटका दृश्टिले पहाड, फाट, एवं टारहरु भएको , विविधतामा एकता कायम रहेको ,प्राकृतिक हिसावले सुन्दर र विकासका अनेक सम्भावनाभएको गाउपालिका हो । यसको सर्वाडगीण विकासका लागि स्थानीय सरकारले हरतरहले प्रयास तथा प्रयत्न गरिरहेको छ । यस लेखमा यहांको अवस्था र विकासका लागि गाउपालिकावाट भएका प्रयासलाइ  संक्षिप्त  रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

अबस्थिति 

यस गाउपालिका उत्तरमा कास्की जिल्लाको मादि गाउपालिका पश्चिममा पोखरा महानगरपालिका दक्षिणमा तनहु जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुड जिल्लाको मध्यनेपाल नगरपालिकाको विचमा अवस्थित छ । जम्मा क्षेत्रफल ९४ दशमलव ८१ वर्ग कि मि भएको यस गाउपालिकामा अधिकाम्स भुभाग वन र पाखाहरु छन् भने केही फाट र टारको रूपमा रहेका छन् ।

आर्थिक अवस्था

यस गाउपालिकाको आन्तरिक आयस्रोत ज्यादै कम रहनुका साथै यहाका वासिन्दाहरूको आय श्रोत दरिलो तथा नियमित नहुदा आर्थिक अवस्था सामान्य रहेकोले गाउपालिकाले विभिन्न पेशा, व्यवसाय र उद्योगको स्थापना तथा सञ्चालनका लागि प्रोत्साहन स्वरुप विभिन्न अनुदान , तालिम जस्ता सृजनात्मक कार्यक्रमहरू कार्यान्यनमा ल्याएको छ आफनो आन्तरिक आम्दानी  बृद्धिका लागि सरोकारवालाहरूको संलग्नतामा कानुन निर्माण गरी कार्यान्यनमा ल्याएको छ ।

पर्यटकिय गन्तव्य 

पर्यटकीय हिसावले सुन्दर यस गाउपालिकामा आन्तरिक तथा  बाह्य पर्यटकको मन तान्न सफल धेरै स्थल छन् जस्तै रुपाताल हात्तीमैता टावर, चिसापानी माझकोट स्याक्लुडकोट इन्द्रगुफा देउराली आदि । अझै मोहोरिया देखि रामकोट सम्म झोलुङ्गे पुल , तोरिबारी देखि सिर्कुतान , पेलुङा सम्म जिपलाइन , साखर थुनेर  कृतिम ताल बनाइ बिधुत निकाल्न सकेमा आम्दानी र पर्यटकिय रुपमा अझै बिकासका सम्भाबना अरु खुल्ने देखिन्छ ।

Rupa Gaunpalika | SmartPalika - Apps on Google Play

खानेपानी र सिंचाइको  अबस्था 

यस गाउपालिकामा मानव वस्ति अधिकाम्स डाडाँमा भएकोले पिउने तथा अन्य प्रयोजनका लागि पानीको अत्यन्त अभाव भएकोले यस समस्याको निराकरणका लागि गाउपालिकाले एक घर एक धाराको रणनीति अवलम्वन गरी विभिन्न प्रणालीहरु मार्फत धेरै गाउहरूमा पानीको व्यवस्था गरिसकेको छ र वाकी गाउमा समेत पुर्याउन खानेपानीका गाउपालिकावाट ५४ , केन्द्र र प्रदेशवाट ११ र अन्य विभिन्न सङ्घ संस्थाहरुवाट ३ वटा  योजना सञ्चालन गरी रहेको छ । तर हिउदमा धाराहरुम पानी अति कम आउने , माझकोटमा लिफ्टिङ प्रणाली बाट पानी लगिएको भएपनि  अति महङो परेको तथा बिग्रिएको अबस्थामा लामो समय पानी ल्याउन नसकिने अबस्था रहेको छ । दलित बस्तिमा अहिले पनि पानीको चरम अभाब नै छ।

यस गाउपालिकाको अधिकाम्स भागमा सिचाइको अभाव छ । यहाका केही भागमा मात्र वर्षायाममा स्थानीय खोलाहरुवाट सिचाइको व्यवस्था मिलाइएको छ भने  अधिकांश ठाउमा स्थानीय मुल र आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । सिचाइको व्यवस्था मिलाउन गाउपालिकाले पुराना नहर तथा कुलाहरूको मर्मत संभार र सम्भाव्यता अध्ययन गरी नया कुलाको निर्माणको नीति अवलम्वन गरिरहेको छ । तर पनि धेरै बारिहरु बाझै छन । खानेपानीको अभाब हुँदै गर्दा सिन्चाइको अन्य बिकल्प दिन सकिएको  छैन । मानिसहरु बसाइ सराइ गर्ने , युवाहरु बिदेसिने , बुढापाका मात्र गाउमा रहने अबस्थाले जीवन थप कस्टकर बनिरहेको छ। बादरको आतन्कले झनै किसान पिडामा रहेका छन ।

पेशा र धर्म 

यस गाउपालिकामा वसोवास गर्ने अधिकांस मानिसहरूको पेशा कृषि रहेको छ । यस वाहेक थोरै संख्यामा स्वदेसी जागिर तथा वैदेशीक रोजगारीमा संलग्न भएको अवस्था छ भने उद्योग व्यापार आदिको संख्या न्युन रहेको अवस्था भएकोले गाउपालिकाले कृषिको सुधारका लागि माटो परीक्षण गरेको छ भने स्वरोजगारका लागि विभिन्न  तालिम , सचेतना एवं अनुदानका कार्यकम सञ्चालन गरीरहेको छ । तर कार्यक्रम हरु त्यति प्रभाबकारी बन्न सकेका छैनन । यहाको तितेपाती , सालको पात , बनमा ढलेका काठ को सदुपयोग हुन सकेको छैन । अदुवा , खुर्सानी , केरा , र कोदोलाइ ब्रान्डिङ गर्न सक्ने हो भने बल्ल पालिकाको मुहार फेर्न सकिन्छ ।
यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास भए जस्तै मान्दै आएका धर्ममा पनि विविधता रहेको छ । यहां मानिने धर्महरूमा विशेष गरी हिन्दु बुद्ध मुश्लीम  आदि रहेका छन् ।

जातजातिहरु

रूपा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय | गण्डकी प्रदेश, कास्की, नेपाल
Source: Rupa Rural Municipality Official Website.

यस गाउपालिकामा विभिन्न जातजातिको वसोवास रहेको छ । जसमा ब्राहमण ,क्षेत्री गुरुड नेवार मगर , मुस्लिम , दलित समुदाय भुजेल वोटे ठकुरी आदि रहेका छन् यस गाउपालिकाका वासिन्दाहरूले विभिन्न धर्म परम्परा संकृति चाडपर्व मनाउदै आएका छन् । विभिन्न जात जाति धर्म परम्परा चाडवाड संकृतिमा अनेकतामा एकता रुपा गाउपालिकाको  विशेषता हो । गाउपालिकाले विभिन्न जात धर्म परम्परा संकृति आदि प्रति मित्रता सद्भाव समन्वय कायम राख्न तथा विभिन्न संकृतिको संरक्षण र सम्वर्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

शिक्षा र स्वास्थ्य 

गाउपालिकामा हाल सामुदायिक ३२ र सस्थागत  ३ गरी जम्मा ३५ वटा विद्यालय सञ्चालन भइरहेका छन् । घरधुरी सर्वेक्षण   गर्दा विद्यालय उमेर समुहका कुनै पनि वालवालिका विद्यालय वाहिर रहेको देखिदैन । गाउपालिकाले शिक्षा नै विकासको मुल आधार हो  भन्ने मान्यताका साथ गुणस्तरीय वालमैत्री एवं व्यवसायिक सुनिश्चितता प्रदान गर्न शिक्षकको मनोवल बृध्धि गर्ने, शिक्षक एवं कर्मचारीको नियमिततामा  पारदर्शिता ल्याउने  पालिका स्तरीय शैक्षिक क्यालेन्डर निर्माण एवं कार्यान्वयन गर्ने शैक्षिक विकासका लागि विभिन्न सङ्घ सस्था र दाताको खोजि गर्ने अंग्रजी माध्यम र पाठ्यपुस्त लागु गर्ने सरोकारवालाहरूको संलग्नतामा शैक्षिक योजना निर्माण र कार्यान्वयन गर्ने जनप्रतिनिधि र कर्मचारीवाट नियमित निरीक्षण र अनुगमन गर्ने गरेको छ ।   गाउपालिकालाइ आधारभुत शिक्षा सुनिश्चित भएको गाउपालिका घोषणा गर्ने आदि महत्त्वपूर्ण काम गर्दै आइरहेको छ । शिक्षाको लगानी अनुसार गुणस्तरमा वृद्धि हुन सकेको छैन ।बिधालयमा बिधार्थिको अभाब हुँदै जानू र अबलम्बन गरियको शैक्षिक कार्यनितिलाइ पुणरुपमा लागू गर्न नसक्दा बि स २०७९ सालको एसईएको परिक्षा को नतिजा पालिका भरी नै सन्तोसजनक देखियको छैन । अब गा  पा ले यो अवस्थालाई सुधार गर्नेको लागि तुरुन्तै बिधालय ब्यबस्थापन समिती र सरोकार वाला संग  ठोस निर्णय लिनु पर्ने देखिन्छ।

स्वास्थ्य सेवा 
गाउपालिकामा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५ वटा स्वास्थ्य चौकी २ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालित छन् । ५ वटै स्वास्थ्य चौकिमा प्रयोगशाला सेवा समेत उपलव्ध छ । समुदाय स्तरमा १९ खोप केन्द्र १५ गाउघर क्लिनिक र ७४ जना महिला स्वास्थ् स्यमं सेविकाहरुवाट समेत स्वास्थ्य सेवा उपलव्ध छ । रुपाकोट र देउराली स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रसुति सेवा प्रदान गरिएको छ । गाउपालिकाद्वारा स्वास्थ्य सेवालाइ उच्च प्रथामिकता दिदै आएको छ । साथै पालिकाको केन्द्रमा १५ सैयाको अस्पताल बनेको छ , जुन सुखद पक्ष हो । तर अब बिमा कार्यक्रम लाई सुचारु गर्नु पर्दछ , फार्मेसीमा सम्पुर्ण औषधि उपलब्ध गराइ स्वास्थ इकाइ हरुमा हुने सेवालाइ बिस्तार गरि औषधि राख्ने , खोप राख्न  फ्रिजको  ब्यबस्थापन गर्न आबस्यक देखिन्छ।

संचार सेवा

सुचना र सञ्चारको क्षेत्रमा यस गाउपालिकामा एक इलाका हुलाक र अतिरिक्त हुलाकहरु सञ्चालनमा छन् भने टेलिफोन इमेल तथा इन्टरनेटको सुविधा समेत उपलव्ध छ । गाउपालिकाले यसको थप व्यवस्था र सुधारका लागि पहल कदमी गरिरहेको छ भने गाउँपालिकाले पालिकाभित्र रहेका  केही स्थानहरुमा वाईफाई सेवा  सुचारु गरिसकेको छ। जुन कुराले केही फाइदा पुर्याएको छ ।

यातायात

रुपा अन्तरगतका सवै वडा र गाउहरूमा कच्ची मोटरवाटो पुगीसकेको छ । खोलाको छेउ देखि थुम्कीसम्मको मोटरवाटो कालोपत्रे भइसकेको छ भने सिशुवादेखि सिसाघाट र वेगनासताल देखि भोर्लेटारसम्म कालोपत्रे सम्पन्न भएको  छ। गाउपालिकाको सवैजसो ठाउमा  वस सेवा उपलव्ध छ । गाउपालिकाले आवश्यकता अनुसार नया वाटो निर्माण तथा स्तर उन्नतीका लागि योजना निर्माण र कार्यान्वयन गरिरहेको छ । तर बस सेवा नियमित नहुने , समयतालिका अनुसार नचलेका कारण आम सर्बसाधारण लाई असहज हुने गरेको छ । गापाले निसुल्क एम्बुलेन्स सेवा प्रदान गतेको छ साथै सामान्य बिजुली महशुल समेत तिरिदिने ब्यबस्था गरेको छ।

रुपाले साच्चै बिकासमा फड्को मार्ने नै हो भने आन्तरिक उत्पादन बढाउनु पर्दछ । अनुदान सानो सानो इकाइमा बाड्ने हैन कि औधोगिक स्तरमा उपलब्ध गराइ युवाहरुलाइ आकर्षण प्रदान गर्नु पर्दछ । दलित समुदायलाई  भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नु हुदैन । सामुहिक उधोग बिस्तारको लागि खाली जग्गा उपलब्ध गराइ आर्थिक बिकास गर्नु पर्दछ । खाली चौरहरुमा  जडिबुटी खेती गर्ने ,फलफुल लगाउने र बाताबरण सुहाउदो उध्योग स्थापना गर्नु पर्दछ । अहिले माहुरी , बाख्रा अन्यमा गरियको अनुदान र लगानिले कति स्वरोजगारमा स्थापित भएको  छ  यो सम्बन्धी तथ्यांक स्पस्ट निकाली सार्बजनिक गर्न सकियो भने  मात्र अन्यलाइ केही गर्न जोस र जागर प्राप्त हुने छ ।

Previous Post

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान

Next Post

निर्माण सम्पन्न नहुँदै टेको निकाल्दा लच्किएको पुल १७ महिना देखि अलपत्र

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
निर्माण सम्पन्न नहुँदै टेको निकाल्दा लच्किएको पुल १७ महिना देखि अलपत्र

निर्माण सम्पन्न नहुँदै टेको निकाल्दा लच्किएको पुल १७ महिना देखि अलपत्र

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?