सचिन रानाभाट
लेखनाथ, १२ साउन
लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १४ औं महाधिवेशनमा कार्यसमिति सदस्य पदमा युवा उद्यमी एल पी ढुङ्गानाले उम्मेदवारी दिने भएका छन्।
संघमा यसअघि बिभिन्न समयमा उप–समितिको सह–संयोजकको अनुभव बटुलीसकेका ढुङ्गानाले यसपाली कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिने सोचमा रहेको वताए । १३ औ महाधिवेशनमा थाेरै मतान्तरले पराजित हुन पुगेका उनि ब्यबसायी हरुको चाहना बमोजिम नै फेरी चुनावी मैदानमा आएको बताउछन।
पोखरा–२६ बुढिबजारमा यस क्षेत्रकै पहिलो अवार्ड हाउस संचालन गरेका उनि १६ बर्ष देखि व्यबसायमा आवद्ध रहेका छन्। नेपाल रेडक्रस सोसाईटी, लेखनाथ सामुदायिक सेवा केन्द्र, बजार ब्यबस्थापन समिति बुढिबजार लगायत बिभिन्न सामाजिक संघ संस्थामा काम गरेको अनुभव बनाएका ढुङ्गानाले आफ्नो उम्मेद्वारी ब्यबसायिक हितमा काम गर्ने रहेको वताए ।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघको कार्यसमिति सदस्यमा मात्रै नयाँ र पुराना गरी झण्डै दुईदर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने आंकलन गरिएको छ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post