सचिन रानाभाट
लेखनाथ, १२ साउन
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
संघमा ३ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेका कर्माचार्यले पहिलो कार्यकाल आमन्त्रित सदस्य, दोस्रो कार्यकालमा एसोसिएट सदस्य तथा तेस्रो कार्यकालमा उनी खुल्ला सदस्य पदमा सर्वाधिक मतसहित विजयी भएका थिए।
प्रतिष्ठित व्यावसायिक घराना कर्माचार्य ग्रुपका कार्यकारी निर्देशक समेत रहेका उद्योगी कर्माचार्य भन्छन – ‘ म संग खुद्रा पसल संचालन देखि होलसेल हुँदै उद्योग सम्मको यात्रामा सबै जसो ब्यबसायीहरुको पिर मर्का बुझेको छु, सरकार र व्यबसायी बिचमा बसेर उक्त समस्या लाइ हल गर्न आफ्नो उम्मेद्वारी रहेको बताएका छन्।’
संघको १४ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा उम्मेद्वारी दिदै संघको गरिमालाई उच्च राख्दै व्यवसायिक हितबमोजिमको काम गर्नेमा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post