लेखनाथ, ११ साउन ।
लेखनाथ उद्योग बाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा प्रथम उपाध्यक्ष पदमा गोपिचन्द्र वास्तोलाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वि सं २०६८ सालदेखी बिभिन्न उप–समिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उप–महासचिव र महासचिवको भुमिकामा रहेर संघमा योगदान दिईसकेका बाँस्तोला वर्तमान कार्यसमितिको द्वितीय उपाध्यक्ष समेत हुन् ।
करिब १२ वर्ष संघमा विताईसकेका बाँस्तोला भन्छन –“मैले हरेक व्यवसायीहरुका पिर मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको छु भने उनीहरुका समस्याहरुलाई पनी नजिकबाट नियाल्ने मौका पाएको छु ।”उनि थप्छन – “आजका दिन सम्म ईमान्दार भएर उद्योगी व्यबसायीको हितमा काम गरेकै हुनाले, व्यबसायी हरुकै सल्लाह अनुरुप द्धितिय उपाध्यक्ष हुँदै प्रथम उपाध्यक्ष पदमा उम्म्मेद्वारी दिएको हुँ।”
संघमा सम्पुर्ण व्यवसायीहरुको एकता रहेका कारण देशकै “क” वर्गको उत्कृष्ट वाणिज्य संघ बन्न सफल भएको वताएका बाँस्तोलाले आगामी दिनहरुमा यो एकतालाई अझै मजबुत बनाएर लैजाने कार्यमा निरन्तर जुट्ने वताएका छन ।
संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।
Discussion about this post