कार्तिक ९ दुलेगौडा । तनहुँको शुक्लागण्डकीमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरपालिकाका विभिन्न वडाका गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत कार्तिक ३ गते ८७ जनाको स्वाव परीक्षणका लागि पठाइएकोमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार वडा नं ३ का २६ बर्षिय पुरुष, वडा नं ४ का ४२ बर्षिय एक पुरुष, वडा नं ६ का तीन पुरुष, दंगा प्रहरी कार्यालयका एक महिला र एक पुरुष गरि दुई प्रहरी, वडा न दुईका २८ बर्षीया पुरुष र वडा न ९ का २२ बर्षीय पुरुष गरि ९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये छ जना होम क्वारेन्टाइन र तीन कन्ट्रयाक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । संक्रमित सवैलाई टेलिफोन मार्फत होम आईसोलेशनमा बस्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।
Discussion about this post