• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in Uncategorized
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ तनहुँ ।  नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ ।

यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर—गाउँ, शहर(बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् ।

यसपाली पनि घटस्थापनादेखि नै यो गीत सर्वाधिक घन्किँदै आएको छ । त्यसो त हरेक वर्ष दशैंलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक हुने गरेका छन् । तर, कमै दर्शकको जिब्रोमा झुण्डिएका छन् । विभिन्न समयमा नेपाली फिल्ममा कथाको मागअनुसार दशैं गीत समावेश गरिएको छ । यो प्याकेजमा हामी तपाईँहरुलाई दशैंको बारेमा गाइएका पाँच सदाबहार फिल्म गीत प्रस्तुत गर्दैछौँ ।

१. ‘दशैं आयो……….’

दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीतमा ‘दशैं आयो ।’ नै पर्छ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यस गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।

गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथा भन्ने फिल्ममा यो गीत कथावाचनको रुपमा राखिएको छ । फिल्ममा यो गीत आउँदा जो कोहीको मन भारी हुन्छ ।

२. ‘रातो टीका निधारमा टलक्क टल्कियो…….’

दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ को गीत हो । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।

उक्त गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । गएको असोज १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ मा रि(एरेञ्ज गरेर समावेश गरिएको यो गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । गीतको भिडियोमा फिल्मका अभिनेता अंकित शर्मा र अभिनेत्री साम्रात्री आरएल शाह फिचर्ड छन् । रि(एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् ।

https://www.youtube.com/watch?v=c4o_9w7GbvA&feature=emb_logo

३. ‘रातो टीका दशैंको जमरा…….’

दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’ मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिएका छन् । रोमान्टिक भावको यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गर्दैछन् ।

https://www.youtube.com/watch?v=7OyBPI9mrqE&feature=emb_logo

४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार’

परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’ को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई उनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । निकै मार्मिक यस गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् ।

५. ‘लै बरी लै लै…’
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’ मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । युट्युबमा राखिएको यो गीतमा गायक र गायिकाको नाम भने उल्लेख छैन ।

https://www.youtube.com/watch?v=bvAn2Fj1eFw&feature=emb_logo

 

Previous Post

सांगितिक आकाशमा दिवान किनारको ‘जहाँ छोड्यौँ तिम्ले……’

Next Post

दशैमा दर्शकले खचाखच सिनेमा हल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
दशैमा दर्शकले खचाखच सिनेमा हल

दशैमा दर्शकले खचाखच सिनेमा हल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?